१५ हजार नक्कली मतपत्र सहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका १५ हजार मतपत्रसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको पश्चिम चम्पारनका ४० वर्षका ईजाजत अहमद छन् । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर भारतबाट मतपत्र नेपाल ल्याउँदै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका २ दशौतास्थित सडकखण्डमा बिओपी भिखमपुर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

मोटरसाइकल र मतपत्र नियन्त्रणमा लिइ उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker