देवघाटमा दुइ वडाका नयाँ भवन निर्माण

तनहुँको देवघाट गाउँपालिकाका दुइ वडामा आफ्नै भवन निर्माण भएका छन् । वडा कार्यालयलाई स्रोतसाधन सम्पन्न बनाउने उद्देश्यसहित वडा कार्यालय भवन निर्माण गरिएका हुन् ।

देवघाट गाउँपालिका-४ र ५ को भवन निर्माण सकेर नयाँ भवनबाट सेवा प्रवाह भएको छ । जिल्ला समन्वय समिति तनहुँ र देवघाट गाउँपालिकाको संयुक्त लगानी रु ८३ लाख १४ हजार आठ सय तीनमा देवघाट गाउँपालिका-४ को भवन निर्माण गरिएको हो भने वडा नं ५ को भवन रु ९४ लाख नौ हजारको लागतमा निर्माण भएको हो । सोही वडामा रहेको चक्रवर्ती आधारभूत विद्यालयको स्वामित्वको जग्गामा वडा कार्यालय भवन निर्माण गरिएको हो ।

यसैबीच, विद्यालयका प्रधानाध्यापक गीता रानाभाटले भने विद्यालयलाई नै जग्गा अपुग भइरहेको अवस्थामा कुनै परामर्श नै नगरी विद्यालयको जग्गामा वडा कार्यालयको भवन बनाइएको गुनासो गरेका छन् ।

यसैगरी देवघाट गाउँपालिका-५ क्युँदीमा रु पाँच करोड ४१ लाख ४९ हजार ५८० मा प्रशासकीय भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । भवनका निम्ति गण्डकी प्रदेश सरकारले रु एक करोड ५० लाख प्रदान गरेको थियो। भवनमा दुइ सय सीट क्षमताको सभाकक्ष पनि छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker