भानुमा सहकारी अभिमुखीकरण गोष्ठी

भानु : तनहुँको भानु नगरपालिकाले सहकारी अभिमुखीकरण गोष्ठी गरेको छ । आँवुखैरेनी, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका भित्रका ६० जना सहकारी सदस्यहरुको सहभागितामा सहकारिता, सहकारी ऐन, नियम तथा समसामयिक
विषयमा अभिमुखीकरण गोष्ठी गरिएको हो ।
भानु नगरपालिकाका नगर प्रमुख आनन्द राज त्रिपाठीको अध्यक्षतामा आयोजित कार्यक्रममा सहकारिता सम्बन्धी ऐन, नियम तथा समसामयिक चुनौतीहरूबारे छलफल गरिएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ तनहुँको समन्वयमा आयोजित कार्यक्रममा सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले सहयोग गरेको थियो ।
कार्यक्रममा सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार भेषराज रिजाल, जिल्ला सहकारी संस्थाका सचिव पदम बहादुर बानियाँ, भानु नगरपालिका सहकारी समन्वय समितिका संयोजक हरेराम आचार्य लगायतले सहजिकरण तथा आ–आफ्ना विचार र अनुभव आदानप्रदान गरेका थिए ।










