तनहुँको बन्दिपुर अस्पतालमा पाठेघर र स्तन क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर अस्पतालमा महिलाको पाठेघर र स्तन क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गरेको छ । अस्पतालमा पाठेघरको मुखको क्यान्सर र स्तन ‘ब्रेष्ट’ क्यान्सर रोगको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श दिने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको हो ।

बन्दिपुर गाउँपालिकाको स्वास्थ्य शाखाको बार्षिक कार्यक्रम अनुसार गाउँपालिकाको आयोजना तथा क्यान्सर केयर नेपाल (सीसीएन) र नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर जावलाखेल ललितपुरको प्राविधिक सहयोगमा दुइ दिने शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराइले बताए ।

महिलाहरूमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले बन्दिपुर अस्पतालमा शिविर सम्पन्न गरिएको उनले बताए । उनका अनुसार शिबिरमा ५५० जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएको थिए भने ५०० जनाको पाठेघर परीक्षण तथा ५० जनाको दन्त परीक्षण गरिएको थियो । उक्त परिक्षणबाट एक जनामा क्यान्सर प्रमाणित भएको र १४ जनामा क्यान्सरको शंकास्पद लक्ष्यण देखिएको भट्टराइले बताए ।

यस्तै, शिविरमा दृष्य निरीक्षण कार्य विधिबाट पाठेघरको मुखको क्यान्सर सम्बन्धी सम्भावनाको जाँच गर्दा भविष्यमा ८ देखि १० प्रतिशत महिलामा क्यान्सर हुन सक्ने सम्भावना देखिएकाले शिविरकै क्रममा सजगता अपनाउन सुझाव दिइएको बताइएको छ ।

शिविर शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउँदै सानै उमेरमा धेरै सन्तान जन्माउने, खानपान र सरसफाइमा ध्यान नदिने र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेको बताए ।

नेशनल क्यान्सर हस्पिटल जावलाखेलका डा. मदन पियाको नेतृत्वमा सञ्चालित उक्त स्वास्थ्य शिविरमा नेशनल क्यान्सर हस्पिटल जावलाखेलकी स्तन क्यान्सर विशेषज्ञ डा. वानिरा कार्की, नेशनल क्यान्सर हस्पिटल तथा सिभिल हस्पिटलका स्त्री क्यान्सर रोग विशेषज्ञ डा. जितेन्द्र परियार, सिभिल हस्पिटलकी डा. पुनम लामा, पिपुल्स डेन्टल कलेजकी बाल दन्त रोग विशेषज्ञ प्रा.डा. सुनान्दा सुन्दास, नेशनल क्यान्सर हस्पिटलका मेडिकल अफिसर डा. उत्सव पिया, बन्दिपुर अस्पतालका मेडिकल अफिसर डा. आशिष अधिकारी र बन्दिपुर अस्पतालकी मेडिकल अफिसर डा. सुहाना मिया लगायतको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गरेका थिए । शिविरमा बन्दिपुरसंगै छिमेकी पालिका भानु, व्यास र आँबुखैरेनीका सेवाग्राहीले उपचार सेवा लिइएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker