कृत्रिम गर्भाधानले दूध उत्पादन बढाउँदै

गलकोट : पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका छन् । दूधको उत्पादन तीन गुण बढ्न थालेपछि किसान कृत्रिम गर्भाधानतर्फ अघि बढेका छन् । आर्थिक वर्ष २०८१/८२ मा अस्पताल तथा गर्भाधान केन्द्रमा पुगेर एक हजार चार सय ५२ गाई र एक हजार ९१ भैँसी गरी दुई हजार पाँच सय ४३ पशुमा कृत्रिम गर्भाधान गरिएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ ।

खासगरी व्यावसायिक पशुपालन फर्मका गाईभैँसीलाई कृत्रिम गर्भाधान गर्न थालिएको हो । विसं २०७६/७७ मा एक हजार छ सय गाईभैँसीको कृत्रिम गर्भाधान गरेकोमा त्यसको सङ्ख्या क्रमश बढेर अहिले दुई हजार पाँच सय ४३ पुगेको हो ।

आर्थिक वर्ष २०७७/७८ एक हजार आठ सय, आर्थिक वर्ष २०७८/७९, एक हजार आठ सय, आर्थिक वर्ष २०७९/८० एक हजार सात सय, आर्थिक वर्ष २०८०/ ८१ दुई हजार दुई सय गाईभैँसीमा कृत्रिम गर्भाधान गरिएको थियो ।

बागलुङ जिल्लामा हाल आठ वटा कृत्रिम गर्भाधान केन्द्र रहेका छन् भने १२ जना कृत्रिम गर्भाधानकर्ता सक्रिय रहेर सेवा दिइरहेका छन् । भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको अस्पतालमार्फत छ सय ४१ पटक र अन्य स्थानमार्फत एक हजार नौ सय दुई पटक सेवा दिइएको छ ।

पछिल्ला वर्षहरूमा कृत्रिक गर्भाधान सेवाको माग र प्रभावकारिता दुवै बढ्दै गएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिनुभयो । किसानको दूधको उत्पादन वृद्धिसँगै उन्नत जातको गाईभैँसी उत्पादनमा कृत्रिम गर्भाधानले ठूलो योगदान पु¥याएको सापकोटाको भनाई छ । विर्य खरिद स्वयं किसानको हुन्छ भने ढुवानी र सेवा पशु विज्ञ केन्द्रको हुनेछ ।

कृतिम गर्भाधानले उत्पादन वृद्धि, जात सुधार, रोग नियन्त्रण, खर्च र समयको बचत लगायतको फाइदा पुग्ने पशुपालक किसान नन्दलाल सापकोटाले जानकारी दिनुभयो । गुणस्तरीय जातका गाईभैँसीबाट प्राप्त विर्य प्रयोग गर्ने भएकाले दूध उत्पादन गर्ने क्षमता बढी भएको सन्तान प्राप्त गर्ने गरेको पाइन्छ ।

यस्तै विदेशी वा उच्च उत्पादन दिने जातका पशुको विर्य प्रयोग गरेर स्थानीय जात सुधार गर्न गर्दा दूधको उत्पादनमा तीन गुणासम्म वृद्धि भएको पशु प्राविधिकहरु बताउँछन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker