लिपुलेकबारे चीनमा मैले उठाएको विषय रेकर्डेड छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको भूमि प्रयोग गरेर भारत र चीनले गर्न खोजेको व्यापारिक सम्झौताबारे आफूले स्पष्ट रुपमा चीनसँग कुरा राखेको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको पार्टीको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले आफू जुनसुकै देशको भ्रमणमा जाँदा पनि राष्ट्रको हितलाई फाइदा हुनेगरी मात्रै दृष्टिकोण बनाउने र आफ्ना कुरा प्रष्ट राख्ने गरेको जिकिर गरे ।

‘यसपल्ट म चीन जाँदा पनि चीनका राष्ट्रपति सी चिनफिङसँगको औपचारिक वार्तामा मैले अरु कुरासँगै लिपुलेक सन्दर्भमा भारत र चीनबीच भएको सम्झौता, हाम्रो भूमिबाट दुईवटा देशले व्यापारिक आदानप्रदान गर्ने भन्ने कुरा गर्न मिल्दैन भन्ने कुरा मैले स्पष्ट ढंगले राखेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘यो कुरा रेकर्डेड छ । अडियोमा छ, भिडियोमा छ, नोट, टिपोटहरूमा छ ।’

त्यस्तै, चिनियाँ राष्ट्रपति सीले पनि भारत र नेपालबीचको विषय भएकाले कुटनीतिक रुपमा सल्ट्याउन भनेको उनले बताए ।

‘चिनियाँ राष्ट्रपतिले त्यसको जवाफ दिँदा हामी नेपालको सार्वभौमसत्ताको सम्मान गर्छौं, यसबाट तपाईंहरूलाई जुन आशंका हुन गएको छ त्यसमा हाम्रो ध्यान छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कुनै राष्ट्रिय सार्वभौमसत्तामा तलमाथि हुन दिइने छैन । त्यसमा हामी सम्पूर्ण रुपमा समर्थन गर्छौं । यो भारत र नेपालको विषय हो तपाईंहरू वार्ताबाट समाधान गर्नुहुन्छ भन्ने आशामा छौं ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker