व्यासका मेयर पदका उम्मेदवार न्यौपानेको अपिल

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारहरु बनेकाहरु तर्फबाट मेयर पदका उम्मेदवार बैकुण्ठ न्यौपानले एक अपिल जारी गरेका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा नेपाली कांग्रसको तर्फबाट सेती र मादी नदीको पवित्र संगम तटमा अवस्थित महर्षि वेद व्यास र पराशरको तपोभूमी (कर्मक्षेत्र) रहेको व्यास नगरपालिकाको नयाँ नेतृत्वका लागि चुनावी मैदानमा रहेको अपिलमा भनिएको छ ।

आगामि पाँच वर्षमा गर्ने कार्यहरुको ८८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको व्यहोरा स्मरण गराउँदै प्रचार प्रसारको दौरानमा गाउँ र नगरले बनेको व्यास नगरपालिकाको हरेक स्थानमा पुग्दा आम नगरबासीले देखाउनुभएको उत्साहले हामीलाई ठुलो हौसला मिलेको बताइएको छ ।

अपिलमा भनिएको छ, ‘प्रजातन्त्रको स्थापना लगायत देशमा पटक पटक भएका आन्दोलनमा नेपाली कांग्रेसले तनहुँमा खेलेको भुमिका सबैका सामु छर्लङ्ग छ । द्वन्द्वका कारण सृजित समस्याले लामो समय खालि रहेको स्थानीय तहहरुले संविधानसभाबाट बनेको संविधानले निर्दिष्ट गरेको व्यवस्था अनुरुप २०७४ को निर्वाचनबाट नयाँ नेतृत्व पाएको थियो ।

यस अवधिमा विकास निर्माणका कार्यलाई अघि बढाउने योजनामा कोभिड-१९ ले पुर्‍याएको केही बाधा अड्चनका बाबजुद पनि हामीले साना ठुला गरी ५ हजार बढी योजना सम्पन्न गर्‍यौ भने केही बाँकी र केही चालु अवस्थामा पनि छन । विगतमा पनि नगरवासीले विकास लगायतका हरेक विषयमा पुर्‍याउनुभएको सहयोग र सुझाव अतुलनीय छ ।’

‘टोल टोलको आवश्यकतालाई छलफलका माध्यमबाट पहिचान गरी स्वयं टोल बासीले वडा हुँदै विकास योजना निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ’, अपिलमा भनिएको छ, ‘जनताको समस्याको समाधान बोलेर होइन बुझेर र गरेर देखाउन सक्नुपर्छ भन्ने भावनाबाट हामी अगाडि बढेका छौ ।’
जारी अपिलमा भनिएको छ, ‘विकास निरन्तरको अभ्यास हो यसको कुनै अन्त्य हुँदैन, जनताका आवश्यकताले नै विकासको खाका कोर्दछ । एउटा विकासको कार्यले अर्को विकासलाई निम्त्याइरहेको हुन्छ । नगरपालिकाको समावेशी विकासको अभियानमा हिजोपनि व्यास नगरवासीको साथ र सहयोग रहृयो भने अबपनि त्यो साथ र सहयोग रहनेमा हामी पूर्ण आशावादि छौ । ५ वर्षको अवधिमा व्यास नगरपालिकाबाट सम्पादित काम हामीले पटक पटक सार्वजनिक गरेका छौं ।’

‘हामीसंग स्पष्ट दृष्टिकोण छ, मार्गचित्र छ, जनताको भावना बुझेर काम गर्ने अनुभव र साहस छ, हामीले विकासका प्राथमिकता बुझेका छौ’, अपिलमा भनिएको छ, ‘२०७९ वैशाख ३० गते हुने व्यास नगरपालिकाको निर्वाचनमा अनुभव, ज्ञान र सिपले पूर्ण नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख, उप-प्रमुख, १४ वटै वडाका वडाध्यक्ष, वडा सदस्यका उम्मेद्वारहरुलाई यहाँहरुबाट सदाजस्तै स्नेह, सद्भाव र सहयोग प्राप्त हुने अपेक्षा गर्दछौं ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker