तनहुँ १ को प्रदेशसभा २ मा माओवादी केन्द्रका चुमान निर्वाचित

भञ्ज्याङ न्यूज

गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ प्रदेशसभा २ बाट वाम-लोकतान्त्रिक गठबन्धनबाट नेकपा -माओवादी) केन्द्रका उम्मेदवार हरिबहादुर चुमान निर्वाचित भएका छन् । चुमान दुइ हजार ७७३ मतान्तरले निर्वाचित भएका छन् ।

कूल ३० हजार ३८९ मत खसेकामा चुमानले १३ हजार २७१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा उमालेका उम्मेदवार पूर्णबहादुर गुरुङले १० हजार ४९८ मत प्राप्त गरेका छन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुंवरले बताए ।

उनका भने, ‘प्रत्यक्षतर्फको केही मतपत्र समानुपातिकको मतपेटिकामा खसेकाले उक्त मतपत्र गणनापछि मात्रै औपचारिक घोषणा हुने छ । समानुपातिकको मतगणना सकिएपछि मात्रै औपचारिक घोषणा गर्र्छौ ।’ यो प्रदेशमा व्यास नगरपालिका-१, १२, १३ र १४, बन्दिपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका पर्दछ ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीका दावेदार समेत रहेका चुमानले निर्वाचित पश्चात मतदातालाई आभार व्यक्त गरेका छन् । निर्वाचित चुमानले भनेका छन्, ‘मेरो निर्वाचन क्षेत्र तनहुँ १ (२) मा मतदानमा सहभागी भएर अत्याधिक मतान्तर सहित बिजयी गराउनुहुनेमा आदरणीय दिदीबहिनी दाजुभाइ बुबा आमा सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक आभार व्यक्त गर्दछु ।’

‘हजुरहरू समक्ष गरेका प्रतिबद्धता साझा जनप्रतिनिधिको रूपमा पूरा गर्न हर हमेसा लागि पर्नेछु । हजुरहरूले प्रदान गर्नु भएको मार्गनिर्देशन र साथ नै मेरो बाटो थियो, छ र हुनेछ’, उनले भने, ‘गण्डकी प्रदेशसभा सदस्यको रूपमा ऐतिहासिक युगिन जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्नेछु । निर्बाचन सम्पन्न गर्न अहोरात्र खट्ने निर्बाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, संचार माध्यम, हाम्रो पार्टीका सहयोद्दा नेता कार्यकर्ता, जनबर्गीय संगठनका कमरेडहरू, मेरो सचिबालयका सहकर्मी साथीहरु सम्पूर्णमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।’

उनले लोकतन्त्रको सुन्दर पक्षको रूपमा रहेको निर्बाचन प्रतिष्पर्धामा प्रतिष्पर्धी सम्पूर्ण उम्मेदवार साथिहरुप्रती उच्च सम्मान व्यक्त गर्दै उहाँहरूका सुझाव र योजनालाई समेटेर समृद्ध गण्डकी र समृद्ध नेपाल निर्माणको अभियानलाई र्सार्थक पार्ने प्रण गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker