उपनिर्वाचनमा मनोनयन दर्ता गराउन २५ जना भन्दा बढीको जुलुस लैजान नपाइने

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थक सहित बढीमा पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नपाइने स्मरण गराएको छ ।

१० वैशाखमा हुने उपनिर्वाचनका लागि तनहुँ १, चितवन २ र बारा २ मा भोलि सोमबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । यसै सन्दर्भमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति निकालेर उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा बाजागाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरीतका व्यानर, चिन्ह र झण्डा सहित जान नहुने बताएका छन् ।

यस्तै उम्मेदवारको मनोनयनको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टीका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने आयोगले जनाएको छ ।

उम्मेदवारको मनोनयनको समयमा मनोनयन गर्न जाँदा र मनोनयन स्थलमा उम्मेदवारको पक्षमा नारा/जुलुस, भाषण र प्रतिस्पर्धी लक्षित गालीगलौज र टीकाटिप्पणी नगर्ने नगराउन पनि आयोगले निर्देशन दिएको छ ।

उम्मेदवारको मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति प्रयोग गर्न पाइने छैन ।

यस्तै नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत्–तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागी हुनुहुँदैन ।

उम्मेदवारको मनोनयनका समयमा बालबालिकाको प्रयोग गर्न गराउन नहुने, मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने, हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्न जान नहुने आयोगले जनाएको छ ।

यस्तै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उम्मेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागी हुन नहुने पनि आयोगले बताएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker