तनहुँ निर्वाचन क्षेत्र नम्बर २(२) मा गठबन्धनका उम्मेदवार निर्वाचित

तनहुँ निर्वाचन क्षेत्र नम्बर २(२) मा सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीतप्रकाश आले निर्वाचित भएका छन् । आलेले नेकपा एमालेका उम्मेदवार केदार सिग्देललाई ६ सय ४० मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
आलेले १३ हजार ८६० मत प्राप्त गरेका छन् भने सिग्देलले १३ हजार २२० मत प्राप्त गरेका छन् ।
प्रदेशसभामा निर्वाचित आले कांग्रेसका जिल्ला सभापति हुन् । सिग्देल क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । विसं २०७४ सालको निर्वाचनमा सिग्देलले कांग्रेसका उम्मेदवार शंकर भण्डारीलाई ३ हजार २७९ मतान्तरले पराजित गर्दै बिजयी भएका थिए ।










