तनहुँ प्रहरीद्वारा २६ जना फरार प्रतिवादी पक्राउ

  • भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी रहेका २६ जनालाई पक्राउ गरेको छ । फरार प्रतिवादीहरु पक्राउ गर्ने अभियाननै चलाएको तनहुँ प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका म्याग्दे गाउँपालिका-३ बस्ने बर्ष ३१ को अमृत भट्टराइ उपर उच्च अदालत पाटनको २०७६ चैत्र २ गतेको फैसलाले ७ दिन कैद र ६ लाख ६७ हजार जरिवाना हुने गरी फैसला भएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेको भन्दै पक्राउ गरेको छ ।

साधारण चोरी मुद्दामा फरार शुक्लागण्डकी-३ बस्ने सन्तोष खंग र शुक्लागण्डकी-९ बस्ने माइकल भन्ने सन्तोष गौतम उपर तनहुँ जिल्ला अदालतबाट २०७६ असार ८ गतेको फैसलाले खंग उपर २ बर्ष २ दिन कैद, २२ हजार ५०० रुपैयाँ जरिवाना र माइकल भन्ने सन्तोष गौतम उपर २ बर्ष २ महिना ४ दिन कैद र २२ हजार ५०० रुपैयाँ जरिवाना ठहर भएकोमा उक्त फैसला पश्चात तोकिएको कैद र जरिवाना भुक्तान नगरी फरार रहेका दुबै जनालाई प्रहरीले पक्राउ गरेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराएका छन् ।

यस्तै, जारी मुद्दामा तनहुँ जिल्ला अदालतको २०७१ मंसिर ७ गतेको फैसलाले जनही १/१ महिना कैद र १ हजार रुपैयाँ जरिवाना हुने गरी फैसला भए पश्चात फरार रहेका भानु-६ बस्ने बिमल थापा मगर र निजको श्रीमती सञ्जु थापा मगर लागु औषध मुद्दामा फरार १ जना, गाली बेइज्यती मुद्दामा फरार २ जना, जारी मुद्दामा फरार १ जना, नाता कायम मुद्दामा फरार १ जना, करकाप मुद्दामा फरार ८ जना, लिखत वेइज्यती मुद्दामा फरार ६, सम्बन्ध बिच्छेद मुद्दामा फरार १, जारी मुद्दामा फरार व्यक्ती १ जना गरी जम्मा २६ जना व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाई कार्यालयहरुबाट आइतबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताए । पक्राउ परेकाहरुबाट ४ बर्ष४ महिना १३ दिन कैद र जम्मा ७ लाख १६ हजार ६२० रुपैयाँ जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker