क्षयरोग (टीवी) रोग पहिचान गर्न शिविर

तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीले वडा कार्यालय गजौडेको आर्थिक सहयोगमा सञ्चालन गरेको क्षयरोग (टीबी) सम्बन्धी खकार नमुना संकलन शिविर सेवा लिन आएका स्थानीय सेवाग्राहीहरु ।
उक्त शिविरबाट करिब ३५ जनाको खकार नमुना संकलन गरिएको छ। संकलित नमुनाहरू थप परीक्षणका लागि दमौली अस्पताल र व्यास नगरपालिका अस्पताल दुम्सी, व्यास–१० पठाइएको छ ।

स्वास्थ्य सचेतना अभिवृद्धि र क्षयरोगको प्रारम्भिक पहिचान गर्न लक्ष्यका साथ संचालन गरिएको सो शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको वडा नं. ९ का अध्यक्ष सुरेश थापाले जानकारी गराए । तस्विर : भञ्ज्याङ










