आचारसंहिता पालनामा दल तथा उम्मेदवार सचेत : इन्सेक

भञ्ज्याङ समाचारदाता/दमौली

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आचारसंहिता पालना सन्तोषजनक रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ । इन्सेकले गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरेको अनुगमनबाट आचारसंहिता पालना सन्तोषजनक रहेको पाइएको जनाएको छ ।

इन्सेकले मंगलबार तनहुँ जिल्लास्थित सञ्चारकर्मीसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गण्डकी संयोजक शिव खकुरलले विगत निर्वाचनभन्दा यो पटक आचारसंहिता पालनामा दल तथा उम्मेदवार सचेत रहेको पाइएको जानकारी दिए ।

‘इन्सेकले तीन चरणको अनुगमन सुरु गरेको छ, निर्वाचनपूर्वको अनुगमनका आधारमा आचारसंहिता पालनामा सबै सचेत रहेको पायौ’, खकुरेलले भने, ‘अहिलेको निर्वाचनमा तडकभडक पनि देखिएन ।’

स्थानीय तह निर्वाचनमा तडकभडक, तुल व्यानर, मोटरसाइकल प्रयोग अत्याधिक रहेको पाइएको बताउँदै खकुरेलले अहिलेको निर्वाचनमा त्यस्तो नदेखिएको उल्लेख गरे । ‘अहिलेको चुनाव प्रचारप्रसार शान्तिपूर्ण छ, हल्लाखल्ला छैन, तुल व्यानर प्रयोग एकदमै कम छ’, खकुरेलले भने, ‘सवारी साधन प्रयोग पनि केही ठाउँमा बाहेक आचारसंहिता रहेर प्रयोग गरेको पायौ ।’

इन्सेकले गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुगेर आचारसंहिता पालनाको अवस्था, निर्वाचन तयारी, सुरक्षा प्रबन्धको विषयमा अनुगमन गरिरहेको कार्यक्रम संयोजक शवनम शर्माले बताइन । शर्माले निर्वाचनको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिएको नभेटिएको भन्दै यो राम्रो पक्ष रहेको बताए ।

इन्सेकले देशभर आठ सय पर्यवेक्षक परिचालन गरेको छ । त्यसमध्ये गण्डकी प्रदेशमा ७६ र तनहुँमा आठ जना पर्यवेक्षक परिचालित गरिएको जनाइएको छ । यस्तै, इन्सेक गन्डकी प्रदेश कार्यालय पोखराले तनहुँ जिल्लाको निर्वाचन कार्यक्रम अनुगमन र जिल्लाका निर्वाचन पर्यवेक्षकहरुका लागि अभिमुखिकरण कार्यक्रम मंगलबार दमौलीमा गरेको छ ।

अभिमुखिकरण कार्यक्रममा इन्सेक गन्डकी प्रदेश कार्यलयका संयोजक शिव खकुरेलले निर्वाचन आचारसंहिता तथा पर्यवेक्षकहरुको दायित्व र पर्यवेक्षहरुले ध्यान दिनुपर्ने कुराहरुमा प्रस्तुतीकरण गरेका थिए ।

इन्सेक गन्डकी प्रदेश संयोजक खकुरेलको नेतृत्वमा कार्यक्रम फोकल सवनम शर्मा र इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराइको टोलीले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश शर्मासँग भेट गरी जिल्लाको शान्ति सुरक्षा र निर्वाचनको तयारीका सन्दर्भमा छलफल गरेका थिए ।

भेटघाटमा प्रजिअ शर्माले जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन तहको सुरक्षा घेरामा मतदानको तयारी गरिएको बताउनु भयो । तीन ओटै सुरक्षाकर्मी बिचको समन्वय गरी शान्तिपुर्ण तबरले निर्वाचन सम्पन्न गराउने गरी जिल्लाको शान्ति सुरक्षालाई कडा पारिएको जानकारी गराएका थिए । उनले गत निर्वाचन भन्दा शान्ति सुरक्षाको व्यवस्था व्यवस्थित बनाइने र निर्वाचन विरोधी क्रियाकलाप अहिलेसम्म नभएको जानकारी गराएका थिए ।

त्यसैगरि जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचनको तयारीको बारेमा जानकारी गराएका थिए । सो अवसरमा ढकालले निर्वाचनको सबै तयारी तिब्र गतिमा भइरहेको र कार्तिक ३० गते दुबै निर्वाचन क्षेत्रमा निर्वाचन सामाग्री वितरण गरिने बताए ।

कर्मचारीहरुको परिचालन भईसकेको र मंसिर १ गते सबै कर्मचारी मतदान केन्द्रमा खटिइसक्ने ढकालले बताए । तनहुँमा निर्वाचन आचार संहिता उल्लंघन भएको भन्दै नौ वटा उजुरी परेको र ति उजुरी उपर स्पष्टिकरण र छानविन भईहरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए ।

यसैगरि इन्सेक टोलीले जिल्ला कारागारका कारागार प्रमुख नारायण अधिकारीसँग भेटि कारागारमा कैदीबन्दीको निर्वाचनमा मतदान गर्ने अधिकारको सन्दर्भमा छलफल गरेको थियो । कारागार प्रमुख अधिकारीले कागारमा रहेका २९४ कैदीबन्दी मध्ये ५५ जनाले मतदान गर्न पाउने भएको जानकारी दिए । अन्यको मतदाता नामावलीमा नाम नरहेको कारण मतदानबाट बन्चित हुने अधिकारीले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker