प्रहरीको नागरिक सुनुवाई : आचरण विपरित काम गर्ने प्रहरीलाई कारवाही गरिने

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकामा प्रहरीको नागरिक सुनुवाई कार्यक्रम गरिएको छ । कार्यक्रममा प्रहरी उपरिक्षक वीरेन्द्र शाहीले आम नागरिकको सुरक्षाको विषयमा प्रहरीले कुनै कसुर बाँकी नराख्ने बताए । उनले कर्तव्य पालनको सिलसिलामा अनुशासनमा नबस्ने र आचरण विपरित कार्य गर्ने प्रहरीलाई कडा कारवाही गरिने प्रतिवद्धता जनाए ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले आमनागरिकको सुरक्षाका लागि गाउँपालिकाले प्रहरीसँग हातेमालो गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले निर्माणाधीन मुग्लिन पोखरा सडकखण्डक अन्तर्गत सडक मापदण्डभित्रका संरचना हटाएर सहयोग गर्न आग्रह गरे । उनले सडक मापदण्ड अनुसार सडक निर्माण गर्न अवरोध गर्न खोजे वा असहयोग गरे बल प्रयोग गरेर भएपनि सडक मापदण्ड विपरितका घर–टहरा हटाईने उल्लेख गरे ।
कार्यक्रममा स्थानीय इमनाथ खनालले पृथ्वीराजमार्ग विस्तारका क्रममा छापनाहाला खानेपानी योजनाको पाईप अस्तव्यस्त हुँदा पानीको समस्या भएको गुनासो गरे।
कार्यक्रमका सहभागीले बन्दीपुर पर्यटकीय नगरी भएकाले राति १ बजे सम्म होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने, पार्किङको सहज व्यवस्थापन हुनुपर्ने, शान्ति सुरक्षालाई अझै मजबूद बनाउनु पर्ने, हुस्लाङ्ग र सुखौरामा प्रहरी पोष्टको स्थापना गरिनुपर्ने लगायतका माग राखेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker