आँवुखैरेनी–मुग्लिन खण्ड विस्तारका लागि सरकारले तोक्यो सडक सीमा

तनहुँ : पृथ्वीराजमार्गको आँवुखैरेनी–मुग्लिन सडक खण्ड विस्तारका लागि सरकारले सडक सीमा तोकेको छ । राजमार्गको आँवुखैरेनी–पोखरा सडक खण्ड विस्तार कार्य भइरहेको र आँवुखैरेनी–मुग्लिन खण्ड विस्तार हुन सकेको छैन ।

सरकारले सडकको ‘राइट अफ वे’ निर्धारण गरेकाले अब सो सडकलाई मुग्लिन पुलसम्मै बिस्तारको बाटो खुलेको हो। यसअघि सडकको ‘राइट अफ वे’ निर्धारण नहुँदा आँबुखैरेनीबाट पश्चिमतर्फमा बाटो बिस्तार भएको छ ।

आँबुखैरेनी–मुग्लिन पुल सडकखण्डको बिचमा सडक किनारमै मस्र्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस भएकाले आँबुखैरेनीबाट मुग्लिनतर्फको सडक बिस्तार हुन सकेको छैन । आइतबार बसेको मन्त्रिपरिषद बैठकले मस्र्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस छल्ने गरी सडक सीमा निर्धारण गरेको छ ।

बैठकपछि सरकारका प्रवक्ता जगदीश खरेलले दिएको जानकारी अनुसार अब मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजारको पारिपट्टी त्रिशूली किनार (गोरखातर्फ) देखि मस्र्याङ्दी नदीको बायाँ किनार हुँदै मस्र्याङ्दी विद्युत् गृहको पारिपट्टी गोरखातर्फसम्म थप सडकको रेखाङ्कन स्वीकृत गर्ने निर्णय गरेको छ ।

सडकको केन्द्र रेखाबाट दायाँ–वायाँ १५–१५ मिटर गरी ३० मिटरको सडकको मापदण्ड स्वीकृत गरिएको छ । एसियाली विकास बैंकको सहयोगमा बस्तार भएको पोखरा–आँबुखैरेनी सडक अब मुग्लिनसम्मै बिस्तार गर्ने तयारी गरिएको छ ।

मुग्लिन–पोखरा सडक विस्तार योजनाले पूर्वीखण्ड (आँवुखैरेनी–जमुने)मा बजार क्षेत्रमा छ लेन र अन्यत्र चार लेनको सडक विस्तार गरिसकेको छ भने पश्चिम खण्ड (जामुने–पोखरा)मा सडक विस्तारकार्यालाई तीब्र पार्दै लगिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker