स्ववियु निर्वाचन : तनहुँको २ क्याम्पसमा अनेरास्ववियु, १/१ मा नेविसंघ र अखिल क्रान्तिकारी विजयी

भञ्ज्याङन्यूज

तनहुँ । तनहुँको चार वटा क्यामपसमा मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २ वटा क्याम्पसमा अनेरास्ववियु, १ क्याम्पसमा नेविसंघ र १ क्याम्पसमा अखिल (क्रान्तिकारी)ले विजयी हातपारेको छ ।

जनज्योति क्याम्पस

सम्पन्न निर्वाचनमा भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसमा अनेरास्ववियुका विप्लव भण्डारी अध्यक्ष पदमा विजयी भएका छन् । नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी गठबन्धनलाई हराउँदै अनेरास्ववियुका भण्डारी अध्यक्षमा विजयी भएका हुन् ।
क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि भएको मतदानमा २५८ मतमध्ये २४४ मत खस्दा अध्यक्षमा विजयी भण्डारीले १३१ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेविसंघ र अखिल (क्रान्तिकारी) गठबन्धनका अमृत गैह्रेले १०९ मत प्राप्त गरेका थिए ।
यस्तै, सचिवमा अनेरास्ववियुका अस्मिता क्षेत्री १२१ मत प्राप्त गरी विजयी भइन भने प्रतिस्पर्धी नेविसंघका दिपा रानाले १२० मत प्राप्त गरेकी थिइन् । कोषाध्यक्षमा अनेरास्ववियुका यसुमाया थापा १३२ मत प्राप्त गरी विजयी भएकी छन भने प्रतिस्पर्धी नेविसंघका कासिका रानाले १०७ मत प्राप्त गरेकी छन् ।
क्याम्पसको स्ववियु सदस्यहरुमा अनेरास्ववियुका सुजन पौडेल १२३, साविया खातुन मियाँ १२२, विष्णु उच्चै १२१, विनिता रसाइली १२८ र ममता सिग्देल १२२ मत प्राप्त गरी विजयी भएको क्याम्पसले जनाएको छ ।

भानुभक्त बहुमुखी क्याम्पस

यस्तै, शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को गठबन्धन विजयी भएको छ । मतदानबाट स्ववियु अध्यक्षमा अनेरास्ववियुका मिनबहादुर थापा विजयी भएका हुन् ।
अध्यक्षमा विजयी थापाले १२८ र प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका एजिना महतले १०५ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक निरोज भट्टराईले जानकारी दिए ।
२६८ मतदाता रहेकामा २४१ मत खस्दा सचिवमा अखिल (क्रान्तिकारी) का विनिता भण्डारीले ११६ मत प्राप्त गरी विजयी भएकी छन भने उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सुनिल लामिछानेले १०९ मत प्राप्त गरे ।
कोषाध्यक्षमा अनेरास्ववियुका पुष्पा खड्का १४५ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी नेविसंघका रस्मिता कार्कीले ८७ मत प्राप्त गरेकी छन् । निर्वाचनबाट सदस्यहरुमा अनेरास्ववियुका अविजित लम्सालले १३३, अञ्जली विकले ११६, अखिल (क्रान्तिकारी)का निराज भण्डारीले ११६, नेपाल विद्यार्थी संघका प्रतिक्षा गिरीले ११३ र नेविसंघका स्वस्तिका सिग्देलले ११२ मत प्राप्त गरी विजयी भएका छन् ।

आदिकवि भानुभक्त क्याम्पस

यस्तै, विवाद र विरोधका बीच सम्पन्न भएको निर्वाचनबाट व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ ।
क्याम्पसको स्ववियु नेतृत्व चयनका लागि विवाद र विरोधका बीच भएको निर्वाचनबाट अध्यक्षमा अनुप आलेले ५०० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
१ हजार ५७७ मतदातामध्ये ५५५ जनाले मतदान गर्दा सचिवमा निर्वाचित सागर पाण्डेले ४७१, कोषाध्यक्षमा निर्वाचित रोशन ओझाले ४७९ मत प्राप्त गरी विजयी भएका छन् ।
क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अखिल (समाजवादी) र अखिल (क्रान्तिकारी) बहुमतले भाग लिएको थिएन । निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै अनेरास्ववियुले उच्च अदालत पोखरामा रिट दर्ता गरेको छ भने अखिल (क्रान्तिकारी) सहित अन्य विद्यार्थी संगठनहरुले विभिन्न माग राख्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका थिए ।
चार विद्यार्थी संगठनको बहिष्कारका बीचमा आदिकवि भानुभक्त क्याम्पसमा भएको मतदानमा ३५ प्रतिशत मत खसेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।
उनका अनुसार क्याम्पसमा कायम रहेका कुल मतदाता संख्या एक हजार ५७७ जनामा ५५५ जना मतदान प्रक्रियामा सहभागि भई मतदान गरेका छन् । मनोनयन दर्ता भएपछि उम्मेदवारहरु चुनाव प्रचार प्रसारका लागि विद्यार्थीमाझ पुग्न नसक्दा मत कम खस्न गएको क्याम्पस प्रमुख हड्खलेले बताए ।
‘उम्मेदवार विद्यार्थीहरु चुनाव प्रचारप्रसारमै जान सक्नुभएन’, उनले भने, ‘एजेण्डा बन्न सक्ने विषयलाई तत्काल पुरा गर्नुपर्ने माग गर्दै अन्य विद्यार्थी संगठनहरुले तालाबन्दी र निर्वाचन प्रकृयामा धाँधली भएको भन्दै उच्च अदालत पोखरामा रिट दर्ता भयो यसले गर्दा निर्वाचनको दिनमा होहल्ला भयो । क्याम्पस अगाडि नै नाराबाजी भएपछि मतदान गर्न आउनुभएका केही विद्यार्थीहरु फर्किदा पनि कम मत खस्न पुग्यो ।’
यस क्याम्पसमा नेपाल विद्यार्थी संघ बाहेकका संगठनले निर्वाचन बहिष्कार गरेका थिए । अनेरास्ववियुले निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै उच्च अदालत पोखरामा रिट दर्ता गरेको र अदालतले १५ दिन भित्र क्याम्पसलाई कारण देखाउ आदेश जारी गरेको छ । यस्तै अखिल क्रान्तिकारी सहित अन्य विद्यार्थी संघसंगठनहरुले विभिन्न माग राख्दै क्याम्पस प्रमुख र निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका थिए ।
क्याम्पस प्रशासनले प्रहरी बल प्रयोग गरी एकलौटी ढंगले पेलेरै बिहान ९ बजेदेखि मतदान सुरु गरेपछि अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल समाजवादी, अखिल (क्रान्तिकारी) बहुमत गरी चार विद्यार्थी संगठनले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । मतदान प्रक्रिया सकिएपछि अन्य संगठनको सहभागिता विना नै निर्वाचन समितिले मगगणना गरेको थियो ।

आँबुखैरेनी क्याम्पस

यस्तै, आँवुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल (क्रान्तिकारी)को प्यानल विजयी भएको छ । मतदानबाट स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) का निशान मगर ९७ मत प्राप्त गरी विजयी भएका हुन् ।

निर्वाचन अधिकृत दुर्गाबहादुर थापाका अनुसार प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका बोनिस अधिकारीले ६४ मत प्राप्त गरेका छन् भने उम्मेदवारी फिर्ता लिएपनि अनेरास्ववियुका रक्षा पोख्रेलले सात मत प्राप्त गरेकी छन् ।
क्याम्पसको स्ववियु सचिवमा अखिल (क्रान्तिकारी) का गंगाप्रसाद लामिछाने ९२ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका किस्ता श्रेष्ठले ६२ र अनेरास्ववियुका मोनिका खत्रीले १२ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा अखिल (क्रान्तिकारी)का करुणा गुरुङ ९० मत प्राप्त गरी विजयी भएकी छन् भने प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका अविनास थापाले ५६ र अनेरास्ववियुका आशिष अधिकारीले १८ मत प्राप्त गरेका छन् ।
२०५ मतदाता मध्ये १७५ जनाले मतदान गरेकोमा सदस्यहरुमा मेनुका खत्रीले ९२, सुरे नेपालीले ९२ र विज्ञा राना मगरले ८५ मत प्राप्त गरी विजयी भएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker