नेपाल संवत् ११४१ का अवसरमा साँस्कृतिक र्याली नगरिने

- भञ्ज्याङ समाचारदाता (दमौली)
नयाँ वर्षनेपाल संवत् ११४१ का अवसरमा भिडभाड गरेर साँस्कृतिक र्याली नगर्ने निर्णय गरिएको छ । नेवार समुदायका विभिन्न संघ संस्थाहरुले संयुक्त अपिल जारी गर्दै मुलुकमा कोरोना भाइरस संक्रमण जोखिम कायमै रहेको हुँदा नेपाल संवत् अर्थात नयाँ वर्षो अवसरमा भिडभाड गरी कुनै पनि साँस्कृतिक र्याली तथा कार्यक्रम नगर्न भनिएको छ।
नेवाः देय् दबूका नायः नरेशकुमार ताम्रकार, नेपाल संवत् न्यूदँ राष्ट्रिय समारोह समिति ११४१ का नाय रमेश महर्जन, नेपालभाष मंका खलाः येँका नाय जनकवि दुर्गालाल श्रेष्ठ, राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका नाय चन्दन कृष्ण श्रेष्ठ, नेपालभाष मंका खलः यलका नाय ऋषि प्रसाद श्रेष्ठ र न्हूदँ समारोह समिति यल ११४१ का काजि सुरेन्द्र बज्राचार्यले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरिएको संयुक्त अपिलमा कोरोना महामारीको कारण भिडभाड गर्न उपयुक्त नभएकाले सांकेतिक रुपमा सकभर थोरै मानिसहरु मात्र जम्मा भएर शंखधर साख्वाःको प्रतिमा वा तस्विरमा मार्ल्यापण गर्ने र सभा आयोजना गर्नुपर्ने भर्चुअल माध्यम उपयोग गर्न आग्रह गरिएको छ ।
नयाँ वर्षनेपाल संवछ ११४१ कोरोना मुक्त नयाँ वर्षबनोस भनि शुभकामना सहित जारी गरिएको अपिलमा कोभिड १९ कोरोना भाइरस महामारीको कारण भिडभाड, सभा, सम्मेलन, र्याली आयोजना गर्न उपयुक्त नहुने अवस्थाले नेपालको राष्ट्रिय संवत् नेपाल संवत् ११४१ नयाँ वर्षो समारोह सदा झै नहुने अवस्था रहेको भनिएको छ ।
नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा हरेक वर्षउपत्यका लगायत देशभित्रका प्रमुख शहर बस्ती र विश्वका विविध स्थानमा चियापान कार्यक्रम, सुकुन्दा र्याली, साँस्कृतिक र्याली, साँस्कृतिक सभा आदि आयोजना हुँदै आएको हो । नेपाल संवत् नयाँ वर्षमनाउनु हाम्रो लागि उत्सवको साथै साँस्कृतिक अभियान पनि हो । साथै नेपाल संवत् आन्दोलनका प्रवर्द्धक दिवंगत पद्यरत्न तुलाधर प्रति श्रद्धा अर्पण गर्दै उहाँले देखाउनु भएको साँस्कृतिक एकता र राष्ट्रियता प्राप्तिको मार्गमा अविचलित रहने संकल्प गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ ।
यस्तै, नेपाल सरकारले नेपाल राष्ट्रको नाममा संवत् स्थापना गर्नुहुने शंखधर साख्वाःलाई राष्ट्रिय विभिूति घोषणा गरिसकेको र नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिइसकेको छ, तर सरकारी व्यवहारमा लागु गर्ने, नेपाली राष्ट्रियतालाई सुहाउँदा संवत् सम्बन्धी नीति बनाउन सरकारलाई दबाब दिने, देश भित्रका सबै जातजातिको साँस्कृतिक पर्व परम्परालाई समानताको आधारमा सरकारी व्यवहारको कामका लागि अझै हामी सबैको एकता, साझा प्रयास र अभियानको आवश्यकाता रहेको विज्ञप्तिमा उल्लेख गरिएकोछ ।
आजको यस विषयमा परिस्थितिमा हामी सबैले आ-आफ्नो शहर बस्तीमा नेपाल संवत् नयाँ वर्षो उपलक्ष्यमा जे जस्तो कार्यक्रम आयोजना गर्र्छौ, त्यसबाट हाम्रो एकता अझै सुदृढ हुने वातावरण सिर्जना गर्न सक्नु पर्ने समय परिस्थितिले दिएको भन्दै अगामि मंसिर १ गते यस वर्षनेपाल संवत् नयाँ वर्ष११४१ मनाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।
यस्तै, तिथिमिति र आ-आफ्नो स्थान विशेष कूलधर्म अनुसारको फरक फरक परम्परा प्रचलनका कारण तिहार -स्वन्ति) मनाउने विधि र दिन समान नहुन सक्दछ । यो नेवाः समाजको विविधता र विशेषता हो भन्ने आत्मसात गर्दै आ-आफ्नो कुलधर्म र कूलाचार बमोजिम तिहार मनाउने आग्रह गर्दै यस सम्बन्धमा कुनै पनि संघ संस्था समितिले विवादास्पद विज्ञप्ति निकाली एकतामा खलल पुग्ने कार्य नगर्ने अनुरोध गरिएको छ ।










