अमरसिंह माविका विद्यार्थीलाई पोशाक र झोला सहयोग

दमौली : तनहुँको व्यास नगरपालिका–११ धरमपानीस्थित अमरसिंह माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई झोला र स्पोर्ट ड्रेस (पोशाक) सहयोग गरिएको छ । विद्यालयका भूपू विद्यार्थी मञ्चले ५० हजार रुपैयाँ मूल्यको विद्यार्थीलाई पोशाक र झोला उपलब्ध गराएको हो ।
विद्यालयमा विहीबार आयोजित एक कार्यक्रमका अवसरमा कमला आलेले नगद २५ हजार रुपैयाँ, हरिकला पण्डितले शिक्षक तथा विद्यार्थीलाई झोला, अर्चलचौर आमा समुहले नदग १० हजार रुपैयाँ उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक प्रताप गैरेले जानकारी गराए ।
भूपू विद्यालय मञ्चका अध्यक्ष संजय कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा विर्खराज श्रेष्ठ, राजेन्द्र अधिकारी मञ्चका सचिव सुरेन्द्र अधिकारी लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।










