दिपावलीको अवसरमा म्याग्देमा साँस्कृतिक कार्यक्रम हुने

भञ्ज्याङ समाचारदाता/म्याग्दे

नेपालीहरुको दोश्रो ठूलो पर्व तिहार अर्थात दिपावलीका अवसरमा तनहुँको म्याग्देमा साँस्कृतिक कार्यक्रम गरिने भएको छ। म्याग्दे-२ को शिव शक्ति युथ क्लव पिपडिहीले चर्चित कलाकारहरुको उपस्थितिमा कात्तिक १७ गते साँस्कृतिक कार्यक्रम गर्न लागेको हो । क्लबको १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा बिन खाति सहित कृष्ण सुवेदी, सरस्वती लामिछाने, साजना बास्तोला, मिठ्ठु झा लगायतका कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

यस्तै, कात्तिक १८ गते नवपसले युवा क्लवले पनि पसलेमा विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । चाडपर्वले सबैलाई राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत पुग्ने हुँदा त्यसैलाई मध्यनजर गरी साँस्कृतिक कार्यक्रम गर्न लागिएको क्लवका अध्यक्ष आशिष श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker