भानुका महिलाहरुलाई बोकासी मल बनाउने तालिम

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिका-१ स्थित भानु सामुदायिक सिकाई केन्द्रका महिलाहरुलाई बोकासी मल बनाउने तालिम प्रदान गरिएको छ । केन्द्रले ३२ जना महिलाहरूलाई बोकासी मल बनाउने दुइदिवसीय तालिम सञ्चालन गरेको हो ।

घरको भान्साबाट निस्कने फोहर, तरकारीका बोक्रा, खाना तथा अन्य कुहिने सामग्रीहरूबाट बन्ने झोल (तरल पदार्थ) मललाई बोकासी मल भनिन्छ । यसप्रकारको जापानिज प्रविधिबाट बन्ने झोल मल अत्यन्त अर्गानिक र मलिलो हुने भएकाले महिलाहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

यसबाट बन्ने १ लिटर मलमा ६ देखि १० लिटरसम्म पानी मिसाएर खेतवारि तथा कौशीमा उत्पादन गरिने तरकारी तथा फलफूलहरूमा प्रयोग गर्न सकिन्न् र जुन पूर्णतया अर्गानिक र विषादीरहित हुने बताइन्छ ।

बोकासी मल बनाउने विधि :

दुइवटा बकेट (बाल्टी) किन्ने र यसलाई खप्ट्याएर राख्ने, माथि राख्ने बाल्टीको पिंदमा ससाना १०-१२ वटा प्वाल पार्ने, त्यसको माथि पट्टी पनि ५-७ वटा प्वाल घेरै बनाएर पार्ने र पिंदमा जाली वा छान्ने कपडा विच्छ्याउने, तलको बाल्टीमा टुटी बनाएर आउटलेट बनाउने गरिन्छ ।

यस्तै, माथिल्लो बाल्टी (जसको पिंदमा प्वालहरू छन्) मा भान्साबाट निस्केका फोहर तथा सागपात र गल्ने खालका वस्तुहरू राखेर ढकनीले ढाकेर राख्ने गरिन्छ । माथि तिर राखेको सामग्री छिटो गलोस् भनेर दहि वा सख्खर पनि राख्न सकिने जानकार बताउँछन् ।

यो चिज ८-१० दिनमा गलेर पानी बन्दछ र क्रमशः जालीमा छानिएर तल्लो बाल्टीमा खस्न थाल्छ, तल्लो बाल्टीमा संकलन भएको झोल मललाई मिनरल वाटरको बोतलमा भरेर ओसिलो ठाउँमा राखिने र शुरूमा यसको कलर पहेँलो रंगको हुने बताइन्छ ।

१०-१५ दिन पछि क्रमशः बिर्को खोल्दै बन्द गर्दै गर्ने र यसको कलर अब खैरो/कालो बन्छ । अब यो मल प्रयोग गर्न योग्य हुनेछ । करेसाबारी तथा कौशीमा लगाइने तरकारी, फलफूल लगायतका विरूवाको लागि अत्यन्त मलिलो, अर्गानिक र स्वस्थकर हुने र थोपा सिंचाई प्रविधिबाट मल राखिएमा अझ प्रभावकारी हुने कृषि विज्ञहरु बताउँछन् ।

यसरी खेर गएका घरायसी कुहिने वस्तुको सदुपयोग हुने, अर्गानिक मल प्राप्त हुने, वातावरणीय स्वच्छता कायम हुने र आयआर्जनका लागि पनि सहयोगी हुने हुँदा यस प्रविधि तर्फ सबैको आकर्षण बढ्दै गएको केन्द्रका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बताए ।

उक्त तालिम पश्चात् भानु सामुदायिक सिकाइ केन्द्रले सबै ३२ सै जना सहभागी महिलाहरूलाई २-२ थान बाल्टी, ढकन र टुटी निःशुल्क वितरण गरेको छ । तालिमका सहभागीहरूले आँफूले सिकेका ज्ञान सिप अनुभवलाई दैनिक व्यवहारमा प्रयोग गरी वातावरणीय स्वच्छता र आयआर्जन गर्न लागि पर्ने बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker