तनहुँमा १२ हजार चार सय हेक्टर क्षेत्रफलमा धान खेती, यो वर्ष धान उत्पादनमा बढ्ने अनुमान

अनुकूल मौसम र उपयुक्त बीउ प्रयोगका कारण यो वर्ष तनहुँमा धान उत्पादनमा वृद्धि हुने भएको छ। कोभिड-१९ का कारण गाउँ फर्किएर धान खेती गर्ने कृषकको सङ्ख्या बढेसँगै जिल्लामा धान उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका अनुसार विगतका वर्षन्दा यो वर्षधान खेती गर्ने क्षेत्रफलमा पनि वृद्धि भएको छ ।

गत वर्ष१२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा यो वर्ष१२ हजार चार सय हेक्टर क्षेत्रफलमा धान खेती भएको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो। “कोभिड र लकडाउनका कारण शहर बजारमा भएका सर्वसाधारण गाउँ फर्किएर कृषिमा लागे, जसकारण धानको खेती गर्ने क्षेत्रफल बढेको छ,” उहाँले भन्नुभयो, “क्षेत्रफल बढेसँगै यो वर्षधान उत्पादन पनि बढ्ने अनुमान छ ।”

गत वर्षजिल्लामा एक लाख ४७ हजार मेटि्रक टन धान उत्पादन भएको थियो । यो वर्ष ४८ हजार मेटि्रक टन बढी धान उत्पादन हुने अनुमान गरिएको केन्द्र प्रमुख तिवारीले बताउनुभयो । “यो वर्ष समयमा पानी पर्‍यो । रोग किराको नियन्त्रण पनि भयो,” उहाँले भन्नुभयो, “कोरोनाका कारण सबै मान्छे गाउँमा भएपछि समयमै रोपाइँ सकियो ।”

जिल्लाका कृषक यतिबेला असारमा लगाएको धानबाली भित्र्याउन व्यस्त छन् । अधिकांश कृषकले खेतमा धान काटिरहेका छन् भने कतिपयले धान भित्र्याएर गहुँ पनि छरिसकेका छन्। वर्षाले साथ दिएपछि यो वर्षचाँडै रोपाइँ भएकाले समयमै धान भित्र्याउन सकिएको भानु नगरपालिका-५ का मनिलाल श्रेष्ठले बताउनुभयो। जिल्लाका कृषकले धान भित्र्याउन कृषि उपकरणको प्रयोग गर्न थालेका छन् । “उपकरणले धान भित्र्याउन पनि सजिलो भएको छ ।

थ्रेसरले खेतमै धान दाई गरिदिन्छ,” कृषक श्रेष्ठले भन्नुभयो, “गाउँ घरमा सहज रुपमा थ्रेसर पाइन्छ।” व्यास नगरपालिका-७ कलेस्तीकी जौमाया कुमालले यो वर्षमलको अभाव बेहोर्नुपरेपनि समयमै उत्पादन भएकाले धान भित्र्याउने तयारी भइरहेको जानकारी दिनुभयो। “समयमा मल पाइएन, धान फल्दैन की भन्ने चिन्ता थियो,” उहाँले भन्नुभयो, “दुःख गरेर मलको जोहो गरेका थियौ, उत्पादन राम्रै भयो ।”

जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्र धान खेतीका लागि प्रख्यात मानिन्छन् । जिल्लाका कृषकले सावित्री, मकवानपुरेलगायत उन्नत जातका धान खेती लगाउने गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker