बन्दीपुर गाउँपालिकाद्वारा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको गाउँपालिकाले आइतबार बन्दीपुरमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान एवं पुरस्कृत गरेको हो ।

गाउँपालिकाले विद्यार्थीहरूको प्रतिभा पहिचान कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले एसईई परीक्षाका उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरूलाई नगद, ट्रफी र प्रमाणपत्रसहित सम्मान गरेको छ । प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत नृत्य प्रस्तुत गरेका १० वटा विद्यालय मध्ये विद्यालयतर्फ प्रथम पुरस्कार नगद रु. २० हजार, ट्रफी र प्रमाणपत्रसहित पवित्र माध्यमिक विद्यालयले प्राप्त गरेको छ ।

त्यस्तै, द्वितीय पुरस्कार स्वरूप रु. १७ हजार, ट्रफी र प्रमाणपत्रसहित मनास्लु बोर्डिङ स्कुल हुन सफल भएको छ । तृतीय पुरस्कारको रूपमा नगद रु. १३ हजार, ट्रफी र प्रमाणपत्रसहित भानु माध्यमिक विद्यालयलाई र सान्त्वना पुरस्कारका रूपमा नगद रु. ५ हजार र प्रमाणपत्रसहित कालिका माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ ।

कार्यक्रममा आधारभूत तह (कक्षा ८) अन्तर्गत सञ्चालन गरिएको परीक्षामा सामुदायिक विद्यालयतर्फ गाउँपालिका प्रथम कालिका माध्यमिक विद्यालयका सन्देश थापा र सामुदायिक विद्यालयको छात्रातर्फ प्रथम अरुण माध्यमिक विद्यालयकी इन्दु गुरुङ घोषित भएका छन् ।

यस्तै, माध्यमिक शिक्षा परीक्षा (एसईई) अनुसार आठ जना विद्यार्थीहरूलाई सम्मान गरिएको छ । तीमध्ये पवित्र माध्यमिक विद्यालयकी आयुषा श्रेष्ठ, ईसा नैनाबस्ती, लोकेश गुरुङ, मनिला लामा, रेजिना थापा, सभ्यता बिक, भानु माध्यमिक विद्यालयकी सलिना गुरुङ र विष्णु माध्यमिक विद्यालयका दिलिप भण्डारी क्षेत्री रहेका छन् ।

विषयगत उत्कृष्ट शिक्षकहरूको सम्मान पनि गरिएको छ । आधारभूत तह र माध्यमिक तह गरी जम्मा १७ जना शिक्षकहरूलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको हो । आधारभूत तह (कक्षा ८ सम्म) अन्तर्गत नेपाली विषयमा सेतीगंगा आधारभूत विद्यालयकी दमयन्ती बोहरा, अरुण माध्यमिक विद्यालयका लालु गुरुङ, चन्द्रोदय आधारभूत विद्यालयकी सबिना पण्डित र जगदीश्वर आधारभूत विद्यालयका रामविलास पोख्रेल सम्मानित भएका छन् ।

अंग्रेजी विषयमा सेतीगंगा आधारभूत विद्यालयका युवराज सेन ठकुरी र अरुण माध्यमिक विद्यालयका रेशम थापा, गणितमा सेतीगंगा आधारभूत विद्यालयका सरोज यादव, विज्ञानमा सेतीगंगा आधारभूत विद्यालयका पवनकुमार श्रेष्ठ, अरुण माध्यमिक विद्यालयका रामकुमार श्रेष्ठ, कालिका माध्यमिक विद्यालयकी प्रतिमा अधिकारी र सामाजिक विषयमा कालिका माध्यमिक विद्यालयका वीरेन्द्र केसीले पुरस्कृत भएका छन् ।

माध्यमिक तह (एसईई स्तर) अन्तर्गत नेपाली विषयमा अरुण माध्यमिक विद्यालयका लालु गुरुङ र कालिका माध्यमिक विद्यालयकी प्रमिला गुरुङ, सामाजिक विषयमा कालिका माध्यमिक विद्यालयका भोलानाथ भट्टराई, शिक्षा विषयमा विष्णु माध्यमिक विद्यालयका बाबुराम रानाभाट र कालिका माध्यमिक विद्यालयका मानबहादुर ओली, तथा गणित विषयमा पवित्र माध्यमिक विद्यालयका विजय आचार्य सम्मानित भएका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा उपाध्यक्ष पञ्चमाया गुरुङ, वडा नं. ३ का वडाध्यक्ष परमेश्वर भट्टराई लगायत शैक्षिक क्षेत्रको विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट हातेमालो गर्न आवश्यक रहेको चर्चा गरेका थिए । कार्यक्रममा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भीम लामिछानेले कार्यक्रमको सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker