आँधिमूलमा भुजेल जातिको धार्मिक ‘ग्रन्थपूजन’

तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित आँधिमूल मन्दिरमा आइतबार भुजेल जातिको संस्कार, संस्कृतिको धार्मिक ग्रन्थपूजन गरिएको छ ।
भुजेल संस्कार संस्कृतिसँग आधारित राँगा र भेडाको सिङबाट बनेको बाजा (पुतुङ) र खैँजडी बजाउँदै धार्मिक ग्रन्थपूजन गरिएको हो । भुजेल जातिको धार्मिक ग्रन्थका लेखकद्वय विशम भुजेल र प्रदिप भुजेलद्वारा लिखित पुस्तक विमोचनको पूर्वसन्ध्यामा ग्रन्थपूजन गरिएको हो ।
उक्त कार्यक्रममा दार्जिलिङबाट आउनुभएका भुजेल संस्कृतिविद् (फोरो) रतन खवास र प्रमोद खवास लगायतको सहभागिता रहेको थियो । भुजेल संस्कृति एशोसिएनका प्रमोद खवास र भुजेल भाषामा विद्यावारिधि गर्नुभएका डा. बिधुप्रकाश कायस्थ पनि सहभागी ग्रन्थपूजनमा सहभागी हुनुहुन्थ्यो ।
भुजेल जातिका संस्कार, संस्कृति र प्रकृति पुजनमा आधारित धार्मिक ग्रन्थ “म्याहङो इम्याहङअ” ग्रन्थ आज विमोचन कार्यक्रम छ । भुजेल जातिको भाषा संस्कार र संस्कृतिको संरक्षणका लागि यस पुस्तक कोसेढुङ्गा सावित हुने विश्वास गरिएको लेखक विशम भुजेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो समय भुजेल जातिको रैथाने ज्ञान, सीप लगायत भाषा संस्कार, संस्कृति लोप हुँदै जान थालेपछि संरक्षण गर्न पुस्तक लेखिएको हो । “राज्यले हाम्रो भाषा संस्कृतिको संरक्षणतर्फ ध्यान दिन सकेको छैन् । जातीय सङ्घसंस्थाहरु लोपोन्मुख भाषा, संस्कार र संस्कृतिको पक्षपोषण भन्दा बाहिर गएर दलीय भागबन्डामा लिप्त हुँदा लोप हुने खतरामा पुगेको छ”, उहाँले भन्नुभयो ।
म्याहङो इम्याहङअ पुस्तक खोज अनुसन्धान गरेर सन् २०१२ मा पाण्डुलिपी तयार गरिएको अर्का लेखक प्रदिप भुजेलले बताउनुभयो । प्रकृतिपूजक भुजेल समुदाय बसोबास गर्ने नेपाल र भारतका विभिन्न स्थानमा पुगेर उनीहरुको भाषा संस्कृतिको विषयमा खोजी गरी पुस्तक तयार पारिएको उहाँले जानकारी दिनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker