खैरेनीटार महिला विकास सहकारीमा शुसिलाको नेतृत्वमा नयाँ कार्यसमिति

तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा शुसिला गुरुङको अध्यक्षतामा ११ सदस्यी नयाँ कार्यसमिति चयन गरिएको छ । सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा तथा नवौँ अधिवेशनबाट सहकारीको उपाध्यक्षमा पुष्पा ढकाल, सचिव विन्दु तिम्सिना, कोषाध्यक्षमा विमला पौडेल र सहसचिवमा शुष्मा कुमाल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा निरु भुजेल, विन्दु वाग्ले, लालुमाया ढुङ्गाना, धनमाया खत्री, विन्द्रा परियार र लक्ष्मी तिवारी चयन भए । लेखा संयोजकमा पार्वती पौडेल, सदस्यहरुमा मीना थापा र सावित्री तिम्सिना चयन भएका छन् ।

सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले शुक्लागण्डकीमा महिलाहरुको क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थामध्ये महिलाहरुको समग्र विकासका निम्ति सबैभन्दा उत्कृष्ट कार्य सहकारीले गरेको भन्दै प्रशंसा गरिन । उनले यस सहकारीमा आवद्ध भएर गाउँगाउँमा बचत तथा ऋण संकलन गर्ने, कृषि तथा पशुपालन जस्ता साना उद्योग र व्यवसायमा महिलाहरुलाई आवद्ध गराउने र आयआर्जन गर्ने कार्यले महिलाहरुलाई स्वाबलम्बी र आत्मनिर्भर बनाउन ठुलो भुमिका खेलेको बताइन् ।

शुक्लागण्डकीका महिलाहरुलाई हरेक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने बनाउन सहकारी सक्षम रहने अपेक्षा गर्दै उनले सामाजिक, साँस्कृतिक, आर्थिक, जातीय, घरेलु तथा पारिवारिक उत्पीडनमा परेका महिलाहरु विभिन्न संघसंस्थाहरुमा आवद्ध हुँदा घरेलु हिँसाहरु कम हुँदै गएको र समाजमा लुकेर रहेका हिँसाहरुको अन्त्य गर्न महिला सहकारीले नेतृत्वदायी भुमिका खेल्नुपर्ने कोइरालाको भनाई थियो ।

सहकारीको अध्यक्ष र्सर्ुयकला ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष मायादेवी ढकाल, कानुनी सल्लाहकार शिवदत्त ढकाल, नेपाली काँग्रेस वडा नं. ७ का वडा सभापतिर् इश्वर शर्मा, खैरेनी माविका प्रधानाध्यापक रामचन्द्र बगाले, बुद्धिबहादुर भुजेल, सचिव विन्दु तिम्सिना लगायतले बोलेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष शुसिला गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनका अनुसार तीन करोड २४ लाख ८० हजार तीन सय शेयर पुँजी रहेको सहकारीमा ११ करोड ४८ लाख १९ हजार ३६२ रुपैयाँ नियमित बचत संकलन हुदै आएको छ । आव २०७७/०७८ मा १४ करोड ४२ लाख ५२ हजार ३४५ रुपैयाँ निक्षेप संकलन र १६ करोड ५७ लाख ९४ हजार ६१९ रुपैयाँ कर्जा लगानी गरेको छ । सहकारीमा शुक्लागण्डकीका विभिन्न स्थानका ३१ समुहका गरी दुइ हजार ५३१ जना महिला सदस्य रहेका छन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker