तनहुँका ६८.७८ प्रतिशत कोरोना संक्रमित निको भए

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँमा पछिल्लो समय दैनिक संक्रमितको संख्या थपिने क्रम बढ्दै गएको छ । संक्रमित थपिने क्रम बढेपनि निको हुनेको संख्या पनि बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सोमबार सार्वजनिक गरेको विवरणमा कुल संक्रमितको ६८ दशमलव ७८ प्रतिशत संक्रमित संक्रमणमुक्त भई घर फर्किएका छन् ।

कार्यालयले सार्वजनिक गरेको विवरणमा सोमबार मात्रै ६० जना संक्रमण मुक्त भएका छन् भने ११ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लाका १० वटै पालिकामा १० हजार ७८० जनाको स्वाब नमुना संकलन पश्चात गरिएको पीसीआर परीक्षणमा ९९३ जनामा संक्रमण पुष्टि भएको छ । यी संक्रमित मध्ये हालसम्म ६८३ जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराएका छन्।

यस्तै, जिल्लामा हाल २९६ जना सक्रिय संक्रमित रहेका छन्। भानुमा २८, व्यासमा १०४, शुक्लागण्डकीमा ५८, भिमादमा १९, म्याग्देमा १९, घिरिङमा ४, रिसिङमा २०, देवघाटमा १, बन्दीपुरमा १४ र आँवुखैरेनीमा ३० जना सक्रिय संक्रमित रहेको प्रमुख अधिकारीले जानकारी गराएका छन्

सक्रिय संक्रमित मध्ये १९८ जना होम आइसोलेसनमा बसेका छन् भने अन्य संक्रमित जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, दमौली अस्पताल, बन्दीपुर अस्पतालको आइसोलेशन कक्षमा उपचाररत रहेका छन् ।

जिल्लामा पछिल्लो समय लक्षण सहितको संक्रमण देखिन थालेको स्वास्थ्य प्रमुख अधिकारीले बताएका छन् । उनका अनुसार नागरिकहरुले स्वास्थ्य सुरक्षाका सामाग्रि प्रयोग तथा मापदण्ड पालनामा लापरवाही गर्दा, भिडभाडमा सहभागि हुने, होम क्वारेन्टिन तथा आइसोलेशनमा बस्ने व्यक्तिहरुले समेत लापरवाही गरी घरपरिवार, टोल छिमेकमा घुलमिल भइदिंदा दैनिक संक्रमित व्यक्ति संख्या पनि बढ्दै गएको छ ।

कोरोना भाइरस संक्रमणका कारण तनहुँमा हालसम्मा १४ जनाको मृत्यु भएको छ । व्यास नगरपालिका ६, शुक्लागण्डकीमा २, भिमादमा ३, म्याग्देमा १, आँवुखैरेनीमा २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले र्सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker