संस्कृति संरक्षण अभियान

माघे संक्रान्ति तथा कन्दमूल पर्व र व्यासस्मृति दिवसका अवसरमा तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा मगर समुदायको संस्कृति झल्कने भेषभूषमा सजिएर कौरा नृत्य प्रस्तुत गर्दै दमौली स्थित निर्मल माध्यमिक विद्यालयका छात्राहरु । व्यास साकाहारी समाज नेपाल तनहुँ, व्यास क्षेत्र विकास कोष तनहुँ, व्यास ज्योति साधक परिवार तनहुँ र श्रीकृष्ण र्द्वपायन ज्येष्ठ नागरिक सत्संग समिति तनहुँले संयुक्त रुपमा कार्यक्रम आयोजना गरी मकर संक्रान्ति, कन्दमूल पर्वको महत्व र व्यास्मृति दिवसका विषयमा चर्चा गरेका थिए । तस्विर : नारायण खड्का/भञ्ज्याङ










