रैथाने तथा स्थानीय परिकार बनाउने सीप

तनहुँको बन्दीपुर गाउँपालिका–३ सेराटारका होमस्टे सञ्चालकहरुलाई स्थानीयस्तरमै उत्पादन हुने कृषि उपजबाट विभिन्न खानाका परिकार बनाउन आयोजित तालिममा सहभागिहरु । कृषि विकास कार्यालय, तनहुँको होमस्टे सञ्चालकलाई लक्षित गरी ‘रैथाने तथा स्थानीय परिकार विविधीकरण सम्बन्धी तालिम’ सञ्चालन गरेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन तथा स्थानीय रूपमा उत्पादन हुने बालीको उपयोग गरेर परिकारमा विविधता ल्याउने उद्देश्यले गरिएको यस तालीमले सहभागीलाई उपयोगी ज्ञान प्रदान गरिएको थियो । सहभागिहरुलाई कोदो, मकै तथा अन्य बालीबाट विभिन्न परिकार बनाउन सिकाइएको छ ।

तस्विर : भञ्ज्याङ










