भानु नगरपालिकाद्वारा २० जना उत्कृष्ट कृषकलाई सम्मान

भानु : तनहुँको भानु नगरपालिकाले उत्कृष्ट कृषक छनोट गरी सम्मान गरेको छ । नगरपालिकाले २० जना कृषकलाई नगद तथा प्रमाणपत्रसहित ‘नगर प्रमुख उत्कृष्ट किसान सम्मान’बाट सम्मान गरेको हो ।

पशुपालनतर्फ गाईभैंसी, बाख्रा, माछा, बंगुर, कुखुरा गरी पाँच विधामा सर्वोउत्कृष्ट र उत्कृष्ट कृषकको छनोट गरिएको थियो । सर्वोउत्कृष्ट कृषकहरूलाई १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिँदा उत्कृष्ट कृषकले ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

सम्मानित हुनेहरूमा बंगुर पालनतर्फ सर्वोउकृष्ट शारदा शाही र उत्कृष्टमा लोकबहादुर बसेल, माछापालनमा सर्वोउत्कृष्ट श्यामकुमार श्रेष्ठ र उत्कृष्ट पुष्पराज भट्टराई, बाख्रा पालनमा सर्वोत्कृष्टमा चिरञ्जि लौडारी, उत्कृष्टमा रामशरण गुरुङ, कुखुरापालनमा सर्वोउकृष्ट चिजा गुरुङ र उत्कृष्ट प्रमिला थापा, तरकारीमा सर्वोउत्कृष्ट छेनुर्पु तामाङ र शारदा श्रेष्ठलाई सम्मानित गरिएको छ ।

यसैगरी खाद्यान्नमा सर्वोत्कृष्ट रमा ओझा र उत्कृष्टमा विष्णुबहादुर थापा, मसलावालीतर्फ सर्वोउत्कृष्टमा कमला पाण्डे सम्मानित भएका छन् । मौरी पालनमा सर्वोउत्कष्ट प्रेमबहादुर अधिकारी र उत्कृष्ट भिमसेन अधिकारी, गाईभैंसी पालनमा सर्वोउत्कृष्ट महादेव अधिकारी र उत्कृष्ट दीपक बजगाई र फलफूलतर्फ सर्वोउत्कृष्ट पूर्णबहादुर आले र उत्कृष्ट गोविन्द घर्ती सम्मानित भएका छन् ।

पुरस्कृत किसानलाई भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे र प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी संयुक्त रूपमा नगद, प्रमाणपत्र र दोसल्ला ओढाई शनिबार सम्मान गरेका थिए । कार्यक्रममा नगर प्रमुख आनन्दराज त्रिपाठीले नेपाल कृषि प्रधान मुलुक भएपनि स्वदेशी उत्पादनले दैनिक आवश्यकता धान्न नसकेकोले किसानलाई उत्प्रेरणा दिई स्वदेशलाई आत्मनिर्भर बन्न टेवा पुगोस् भन्ने उद्देश्यले सम्मान गरिएको बताए ।

सम्मानित किसान छेनुर्पु तामाङले सम्मान पाउँदा उत्साह जागेको बताइन । किसान आफ्नो पेसाप्रति गर्व गर्नका लागि यस्ता सम्मानले मद्धत पुग्ने उनले बताए । भानु नगरपालिकाभित्र रहेका व्यवसायिक रूपमा खेती तथा पशुपालक गरिरहेका कृषकहरूलाई हौंसला प्रदान गरी पशुपालन तथा पशु उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्यले सम्मान गरिएको कृषि प्राविधिक तिलक कट्टेलले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker