मादी नदीमा निर्माणाधिन पक्कि पुल

तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको निर्माणाधिन पक्कि पुल । पृथ्वी राजमार्गको सबैभन्दा लामो चार लेनको ‘आर्क डिजाइन’मा निर्माण गरिने उक्त पुल निर्माणका लागि वि.सं. २०७९ साउन २६ गते जेडआइष्ट अन्नक जेभीसँग सम्झौता गरिएकोमा गत भदौ २१ गते म्याद सकिएको छ भने पुलको काम ७२ प्रतिशत सम्पन्न भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।

पुल निर्माणका लागि योजनाका अनुसार पुल निर्माणको म्याद सकिएकाले म्याद थपका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गरिएको छ । छवटा स्पानको ३१५ मिटर लामो उक्त पुल निर्माणका लागि रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरिएको छ । तस्विर : सम्झना रसाइली/भञ्ज्याङ










