व्यास नगरपालिकाले अल्ट्राम्याराथन र स्वास्थ्य शिविर गर्ने

दमौली : तनहुँको व्यास नगरपालिकाले अल्ट्राम्याराथन प्रतियोगिता गर्ने भएको छ। नगरपालिकाको सोमबार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको २२८औँ नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले आगामी माघ १६ गते शहीद दिवसका अवसरमा व्यास–५ मानुङकोटदेखि वडा नं ८ पुलीमराङसम्म अल्ट्राम्याराथन खुला दौड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिताको व्यवस्थापनका लागि व्यास नगर खेलकुद समितिलाई सम्बन्धित वडा अध्यक्षहरू समेत समावेश गरी जिम्मेवारी दिइएको छ ।

उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सबै वडा अध्यक्ष तथा प्रतिनिधि र कार्यपालिका सदस्यहरूको उपस्थितिमा सम्पन्न बैठकले नगरपालिकाको आर्थिक ऐन २०७४ लाई व्यवस्थापन गर्ने गरी व्यास नगर आर्थिक विधेयक २०८२ आगामी नगर सभामा पेश गर्ने निर्णय गरेको छ । साथै, विधायन समितिबाट प्रस्तावित ज्येष्ठ नागरिक स्वास्थ्य तथा पोषण कार्यक्रम कार्यान्वयन निर्देशिका २०८२ पनि पारित गरिएको छ ।

बैठकले आगामी नगर सभामा पेश गरिने प्रस्तावहरू तयारी गर्न विषयगत समितिहरूलाई जिम्मेवारी तोक्दै समन्वयका लागि प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ । संघ, गण्डकी प्रदेश र नगरपालिकाबाट जारी वन ऐन तथा नियमावलीका सम्बन्धमा डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटसँग छलफल गरी नगरपालिकाबाट जारी वन ऐन संशोधन प्रस्ताव तयारी गर्न विधायन समितिलाई जिम्मा दिने निर्णय पनि गरिएको छ ।

आर्थिक अवस्थाबारे जानकारी दिँदै बैठकमा आ.व. २०८२/०८३ का लागि प्रस्तावित रु. १ अर्ब ८१ करोड ७६ लाख १९ हजार बजेटमध्ये मंसिर मसान्तसम्म कुल ३६.३४ प्रतिशत आय प्राप्त भएको र चालु तथा पुँजीगततर्फ गरी २१.७१४ प्रतिशत खर्च भएको जानकारी गराइएको छ । साथै, विगत पाँच महिनामा फोहर व्यवस्थापनबाट रु. १० लाख ५९ हजार ७०४ आम्दानी भएको सार्वजनिक गर्ने निर्णय गरिएको छ ।

बैठकले पुस १२ गते शनिबार व्यास नगरपालिका वडा नं ८ को कार्यालयमा चितवन मेडिकल कलेज भरतपुर र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय पनि गरेको नगर प्रवक्ता सुरेश थापाले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker