नेपाल पब्लिक क्याम्पस संघ तनहुँको अध्यक्षमा केसी

सामुदायिक क्याम्पसको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघ तनहुँको पाँचौँ अधिवेशनले ऋषि केसीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

व्यास नगरपालिका-१ विज्ञानचौर भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा भएको अधिवेशनबाट आँबुखैरेनी बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष केसी संघको अध्यक्ष पदमा चयन भएका हुन् । संघको उपाध्यक्षमा सिके विके क्याम्पस बन्दीपुर-१ डुम्रेका अध्यक्ष सुन्दरलाल श्रेष्ठ, सचिवमा आदिकवि भानुभक्त क्याम्पसका प्राध्यापक संघका उपाध्यक्ष चिरञ्जीवी बस्नेत र कोषाध्यक्षमा त्रिभुवन क्याम्पस भानु नगरपालिका-११ मानेचौका क्याम्पस प्रमुख रवीन्द्र जोशी चयन भएका छन् ।

यस्तै सदस्यमा तनहुँ शारदा क्याम्पसका अध्यक्ष सीताराम अधिकारी, बन्दीपुर-१ का क्याम्पसका नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघका एकाइ अध्यक्ष गोवर्धन भट्टराइ, शुक्लागण्डकी नगरपालिका-८ स्थित सहिद कृष्ण क्याम्पसका क्याम्पस प्रमुख हरिप्रसाद लम्साल रहेका छन् ।

सो अवसरमा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख एवं संघका गण्डकी प्रदेश समितिका निवर्तमान अध्यक्ष महाप्रसाद हड्खलेले सामुदायिक क्याम्पसका चुनौती, अवसर र संघीय, प्रादेशिक र स्थानीय सरकारसँग जनस्तरबाट सञ्चालन हुँदै आएका जिल्लाका सामुदायिक क्याम्पसको अपेक्षाका बारेमा जानकारी गराएका थिए ।

अधिवेशनले सामुदायिक क्याम्पसको सञ्चालन, भौतिक पूर्वाधार निर्माण र त्यहाँ कार्यरत प्राध्यापक, कर्मचारीको सेवा सुविधाको प्रत्याभूति गर्न र उनीहरूको योग्यता, ज्ञान, सीप र क्षमता अभिवृद्धिको अवसर प्रदान गर्ने गरी नीति, कार्यक्रम तथा योजना तय गर्न सहज बनाउनेछ।

संघले संघीय, प्रादेशिक एवं स्थानीय सरकारलाई आहृवान गर्ने र सामुदायिक क्याम्पसलाई उच्च शिक्षाका थप प्राविधिक एवं रोजगारमूलक शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति प्रदान गर्न र सामुदायिक क्याम्पसलाई आर्थिक एवं भौतिक टेवा प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय र प्रदेश विश्वविद्यालयलाई आहृवान गर्ने प्रस्ताव पारित गरेको छ ।

अधिवेशनमा जिल्लाका सामुदायिक क्याम्पसका प्रतिनिधिको सहभागिता रहेको थियो । तनहुँमा १० वटा सामुदायिक क्याम्पस सञ्चालनमा रहेका छन् । निर्वाचन प्रबन्ध समिति संयोजकमा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय सदस्य एवं जनज्योति क्याम्पस भिमादका क्याम्पस प्रमुख केशवराज काफ्ले र सदस्यमा आदिकवि भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख डा रामकुमार अधिकारी र नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ गण्डकीका अध्यक्ष एवं आदिकवि भानुभक्त क्याम्पस मानविकी तथा समाजशास्त्र विभागका प्रमुख विमल गिरी रहेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker