दमौली कारागारमा कैदीबन्दीबीच झडप, रातारात २५ जनालाई स्थान्तरण गरियो

भञ्ज्याङ न्यूज

दमौली कारागारमा कैदीबन्दीको नाइके नियुक्तिको विषयलाई लिएर आइतबार साँझ दुइ समुह बिच झडप भएको छ । उक्त झडपको क्रममा कैदीबन्दीका नाइके सहित ६ जना घाइते भएका छन्।

कैदीबन्दीहरुबीच विवाद उत्पन्न भई झडपको अवस्था सृजना भएपछि तनहुँ प्रशासनले २५ जना कैदीबन्दीलाई रातारात अन्यत्र स्थान्तरण गरेको छ ।

झडपमा संलग्नलाई सुरक्षा जोखिमका कारण स्थानान्तरण गर्ने निर्णय भएको निमित्त जेलर नारायण अधिकारीले जानकारी गराए । प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेलसहित कारागारमा आइतबार अबेरसम्म बसेको सुरक्षा अधिकारीको बैठक पछि उनीहरुलाई स्थानान्तरण गर्ने निर्णय गरिएको थियो ।

कारागारको नयाँ भवनमा सरुवा भएर आएका पाल्पा, काठमाडौंसहित विभिन्न ठाउँका कैदीबन्दी र रैथाने समूह आपसमा भिडेका थिए । नाइके नियुक्तिमा विवाद सृजना भए यता कैदीबन्दी दुइ समूहमा विभाजित भएको बताइएको छ ।

त्यही विवादका कारण आईतबार झडप भएको बताइएको छ । झडपमा परी घाइते भएकालाई दमौली अस्पतालमा उपचार पश्चात पुनः कारागार लगिएको छ । घाइते हुने सबैको टाउकोमा चोट लागेको छ । बाँस, कराइ लगायतका वस्तुले आफुहरु माथि आक्रमण भएको घाइते कैदी नाइके धनबहादुर शाहीले बताए । गत कात्तिकमा स्थानान्तरण भएर आएका नयाँ कैदीबन्दीको समूह भित्रिए यता त्यहाँ गुटबन्दी भएको स्रोतले बताएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker