आदिकवि भानुभक्त क्याम्पस र वीरेन्द्र बहुमुखी क्याम्पसबीच अन्तरक्रिया

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्यामस र चितवनस्थित वीरेन्द्र बहुमुखी क्यामसबीच शुक्रबार आदिकवि भानुभक्त क्यामसको सभाहलमा अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा दुवै क्यामसका बीबीए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । आदिकवि भानुभक्त क्यामसका क्यामस प्रमुखले उच्च शैक्षिक संस्थाहरूबीच प्राध्यापक र विद्यार्थी तहमा शैक्षिक सहकार्य अत्यावश्यक रहेको बताए । उनले यस्ता अन्तरक्रियाले सिकाइ अनुभव आदान–प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
उक्त अन्तरक्रिया कार्यक्रम आदिकवि भानुभक्त क्याम्पसको बीबीए विभाग प्रमुख चिजकुमार श्रेष्ठ, सहायक क्यामस प्रमुखहरू डा. रामकुमार अधिकारी, विश्वेश्वर तिमल्सिना र बिमल गिरी, व्यवस्थापन विभाग प्रमुख जनक काफ्ले, बीबीए कार्यक्रममा अध्यापन गर्ने प्राध्यापकहरू, स्ववियू अध्यक्ष अनुप आले, बीबीए क्लाउडका अध्यक्ष असिम भण्डारी तथा बीबीए तेस्रो सेमेस्टरका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वीरेन्द्र बहुमुखी क्यामसका बीबीए निर्देशक महेश घिमिरेले क्यामसको बीबीए कार्यक्रम, शिक्षण अनुभव तथा शैक्षिक क्रियाकलापबारे जानकारी गराएका थिए । यस्तै, आदिकवि भानुभक्त क्यामसका बीबीए कार्यक्रमका पूर्व निर्देशक तथा प्राध्यापक वीरेन्द्र पौडेलले तेस्रो सेमेस्टरमा अध्यापन गरिने लेखा विषयमा अपनाउनुपर्ने अध्यापन विधि, पाठ्यक्रमले अपेक्षा गरेको उपलब्धि र विद्यार्थीहरूले ध्यान दिनुपर्ने विषयवस्तुबारे धारणा राखेका थिए ।
कार्यक्रममा वीरेन्द्र बहुमुखी क्यामसका निर्देशक घिमिरे, सूचना प्रविधि अधिकृत प्रदीप सुवेदी र कर्मचारी देवकी पौडेललाई आदिकवि भानुभक्त क्यामसका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
बीबीए क्लाउडका अध्यक्ष असिम भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा तेस्रो सेमेस्टरकी छात्रा सफलता गौलीले धन्यवाद अन्तरक्रियामा आदिकवि भानुभक्त क्यामसका तर्फबाट जमिरा मियाँ र सरिता श्रेष्ठ तथा वीरेन्द्र बहुमुखी क्यामसका तर्फबाट शिक्षा अधिकारीले आ–आफ्नो क्यामसको अध्ययन अनुभव र परिचय प्रस्तुत गरेका थिए ।
कार्यक्रम तेस्रो सेमेस्टरका विद्यार्थीहरू पूर्णिमा आले र सदिक्षा अधिकारीले सञ्चालन गरेका थिए । अन्तरक्रिया पश्चात भ्रमण टोलीमा सहभागी प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूले क्यामसको भौतिक तथा शैक्षिक पूर्वाधारहरूको अवलोकन समेत गरेका थिए ।










