पत्रकार कल्याणकारी कोषमा ढुंगानाद्वारा आर्थिक सहयोग
भञ्ज्याङ न्यूज

पत्रकार महासंघ तनहुँले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा म्याग्दे-७ स्थायी घर भई हाल व्यास नगरपालिका-४ बस्ने भग्यशाली ढुङ्गानाले आर्थिक सहयोग गरेका छन् । ढुंगानाले आफ्नो जन्मदिनको अवसर पारि ५ हजार ५५ रुपयाँ प्रदान गरेका हुन् ।
व्यास नगरपालिकामा नायव सुब्बा पदमा कार्यरत ढुङ्गानाले जन्म दिनको फहजु खर्च नगरीकन आफ्नो ५ दिन बराबरको तलव महासंघलाई हस्तान्तरण गरेको बताए । संचार क्षेत्र र संचारकर्मिहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा स्थापना गर्नु राम्रो काम भएको हुँदा आफुले सहयोग गरेको उनले बताए । यस रकमबाट कोरोना संक्रमित विपन्न वर्गको हितमा समेत खर्च गर्न आग्रह गरे ।
ढुङ्गाना नेपाल पत्रकार महासंघ तनहुँ शाखाको संरक्षकत्वमा रहेको ‘टिकानिधी ढुङ्गना स्मृती व्यास परासर पत्रकारीता पुरस्कार’का संस्थापक समेत हुन् । महासंघको कल्याणकारी कोषका लागि रकम प्रदान गरेकोमा तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलले धन्यवाद ब्यक्त गरे ।










