पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । उक्त कोषमा व्यास नगरपालिका-२ का मोहनकाजी बतासले आर्थिक सहयोग गरेका छन् । बतासले महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेललाई पाँच हजार रुपयाँ हस्तान्तरण गरेका छन् ।

संचार क्षेत्र र संचारकर्मिहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको बतासले बताएका छन् । जन्मथलो तनहुँ भएपनि झण्डै दुइ दशकदेखि हङकङ्गमा बरिष्ठ सेफको रुपमा कार्यरत बतासले जिल्लाका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् । यस्तै, कोषमा म्याग्दे गाउँपालिका-७ निवासी श्रीभद्र आचार्यले २ हजार ५ सय रूपैया सहयोग गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker