पोखरामा बिश्वकै भिरालो सुपरम्यान जिपलाइन खेल्न पाइने, गिनिज बुकमा दर्ता गर्न आवेदन

जिप लाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड ‘जिप फ्लायर’को फ्रेन्चाइज रहेको हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशक देखि पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यम जिपलाइन खेलकोको सुरुवात गरिएको छ ।

सन २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको सुरुवात गरेको हाइग्राउण्डले एक दशक पछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन सुरु गरेको बताइएको छ ।

समुन्द्री सतह देखि १ हजार ५ सय पचास मिटरको उचाइमा रहेको सराङ्कोटको टप स्टेसनबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ । यति धेरै भिरालो भएको जिपलाइन बिश्वमै अरु नभएकोले गिनिज बुक अफ वल्ड रेकर्डमा ‘बिश्वकै भिरालो जिपलाइन’का रुपमा दर्ता गर्न आवेदन दिएको कम्पनीका चिफ अपरेटिङ अफिसर दिनेस महर्जनले बताए ।

बिश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय चालीस किमि प्रती घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्ने महर्जन बताउँछन् ।

पोखराबाट नागबेली बाटो काट्दै करिब ४५ मिनेटको यात्रामा सराङ्कोटको टुप्पोमा पुग्दै गर्दा दक्षिणमा फेवाताल र पोखरा शहर अनि सराङ्कोटको शिरबाट उत्तरमा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरुको अदभूत दृश्यावलोकन गर्ने मौका पाइन्छ ।

३५ देखि १२० किलो सम्मका ब्याक्तीले खेल्न सक्ने जिपलाइनमा १२ बर्ष देखि माथिका ब्याक्तीले खेल्न सक्छ्न । ९४ बर्षिय बेलायतकी नागरिक जुन स्कट अहिले सम्म जिपलाइन गर्ने सबै भन्दा जेष्ठ नागरिक रहेको महर्जन बताउँछन् ।

हरेक दिन सबै उपकरणको सेफ्टी इन्सपेक्सन गरिने र हरेक महिना मर्मतको काम हुने साथै हरेक बर्ष जिप फ्लायर अमेरिकाका प्राबिधिकले सिफ्टी अडिट गर्ने महर्जन बताउँछन् । सो जिपलाइनमा प्रयोग हुने ट्रली र हार्नेस जिपलाइनको बिश्वबिख्यात, उत्कृष्ट र सुरक्षीत रहेको महर्जन बताउँछन् । हाइग्राउण्डले प्रयोग गरेको ट्रली, हार्नेस, वायर लगायतको प्रविधि नेपालमा अरु कुनै जिपलाइनमा नभएको महर्जन बताउँछन् ।

नेपालीलाई ६ हजार पाँच सय र बिदेशीलाई ८ हजार पाँच सय रहेको सुपरम्यान जिपलाइनको फोटो भिडियो र टिसर्ट प्याकेजको अतिरिक्त १ हजार ५ सय रहेको छ ।

‘अगाडि माछापुच्छ्रेको दृश्यले मोहित पार्दै छ भने तल हेम्जा फाँटको ग्राउण्ड स्टेशन हेर्दा मनै सिरिङ्ग हुन्छ।’ महर्जन थप्छन् ‘हिमालको चिसो झोँक सँगै हुत्तिन पाउनु यहाँको अर्को आकर्षण हो ।’

जिपलाइनकै ग्राउन्ड स्टेसन हेम्जामा क्यान्टिलिभर ब्रीजको मोडलमा बनाइएको टावरमा बन्जी गर्न सकिन्छ । ‘यो नेपालकै पहिलो टावर बन्जी पनि हो ।’ महर्जन थप्छन् ‘जोडिले सँगै आङ्गालो मारेर बन्जी गर्ने टेन्डम बन्जी पनि नेपालमा हामिले नै सुरु गर्यौं जुन अहिले निकै आकर्षणको केन्द्र रहेको छ ।’

जिपलाइन र बन्जी गर्ने ग्राहकलाई पिक एण्ड ड्रपको ब्यवस्था पनि कम्पनिले नै गर्नेछ जसको अतिरिक्त शुल्क लाग्दैन । साथै कम्पनिले हेम्जामा छिट्टै विभिन्न एडभेन्चर खेलहरु पनि थप्ने योजना रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker