तनहुँको कृष्ण मोटरमार्गको घिरिङ खण्ड दश दिन बन्द हुने

भञ्ज्याङ समाचारदाता/घिरिङ

तनहुँको कृष्ण मोटरमार्ग अन्तर्गत घिरिङ गाउँपालिका खण्ड दश दिनको लागि सवारी आवागमनमा बन्द गरिने भएको छ । घिरिङ गाउँपालिकाले बुधबार एक सूचना सार्वजनिक गर्दै आगामी पौष १ देखि १० गतेसम्म सवारीसाधान आवागमन बन्द बन्द गरिने जनाएको छ ।

खिलादेखि गाउँपालिका कार्यालयसम्मको सडक खण्डमा कालोपत्र कार्य भैरहेकोले यातायात बन्द गर्नुपरेको गाउँपालिकाका अधिकृत ध्रुवराज लामिछानेले जानकारी गराए ।

उक्त अवधिसम्म बैकल्पीक बाटो प्रयोग गरिदिन समेत यातायात व्यवसायीलाई अनुरोध गरिएको उनले बताए । सडक कालोपत्रको समयमा सवारी आवतजावतमा समस्या हुने भएकोले बन्द गरेर काम गर्न लागिएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker