तेस्रो अन्तरविद्यालय मिनी म्याराथनमा कमल र मनकुमारी प्रथम

तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस र आदिकवि भानुभक्त माध्यमिक विद्यालयले संयुक्त रुपमा शनिबार तेस्रो अन्तरविद्यालय मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ ।

व्यास–१ स्थित क्याम्पस परिसरबाट सुरु भएको दौडा छाब्दी बाराही मन्दिर परिसर, व्यास–१४ सम्मको ६.२ किलोमिटर दूरी २१ मिनेट ४८ सेकेण्डमा पार गर्दै छात्रतर्फ महेन्द्रज्योति माध्यमिक विद्यालय, शिशाघाट व्यास–६ का कमल बिक प्रथम भएका छन् । यस्तै बाग्लुङका बिमल नेपाली दोस्रो र पर्वतका निश्चल राना तेस्रो भएका छन् ।

यस्तै, छात्रातर्फ शुक्लागण्डकी–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयकी मनकुमारी लामा प्रथम भइन् भने लक्ष्मी आधारभूत विद्यालय, पर्वतकी सिम्रन थापा दोस्रो र जनजागृति माध्यमिक विद्यालय, हरिनास–४, स्याङ्जाकी विमला माया मानन्धर तेस्रो हुन सफल भएकी छन् ।

विजेताहरूलाई छात्र तथा छात्रा दुवै विधामा प्रथमलाई १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए । प्रतियोगितामा तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, बाग्लुङ र पर्वत जिल्लाका ३७ विद्यालयका ३७५ जना प्रतियोगी तथा ४८ जना अप्रतियोगी गरी कुल ४१२ जना धावक सहभागी रहेको उनले जानकारी गराए ।

मिनी म्याराथनको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले यस्ता कार्यक्रमले पर्यटन, स्वास्थ्य र आस्थालाई एकसाथ जोड्ने काम गरेको उल्लेख गर्दै विद्यार्थी तथा युवालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने माध्यम बनेको बताए । उनले ‘शिक्षादेखि आस्थासम्म’ भन्ने नारालाई व्यवहारमा उतार्न यस्तो कार्यक्रम प्रभावकारी भएको बताए ।

व्यास–१ का वडाअध्यक्ष रमेशचन्द्र हड्खललेले विजेताहरुलाई पुरस्कृत गर्दै छाब्दी बाराही मन्दिरको राष्ट्रिय पहिचान विस्तार र धार्मिक पर्यटन प्रवद्र्धन गर्न म्याराथन महत्वपूर्ण माध्यम बनेको बताए ।

कार्यक्रममा व्यास–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ, क्याम्पसका उपाध्यक्ष श्रीराम कार्की, क्याम्पस सञ्चालक समिति अध्यक्ष केशबहादुर सुनार, क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker