लोकतान्त्रिक आदिवासी जनजाति महासंघ तनहुँको अध्यक्षमा थापा सर्वसम्मत चयन
भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल तनहुँको अध्यक्षमा अमरराज थापा सर्वसम्मत चयन भएका छन् । महासंघको बुधबार दमौलीमा सम्पन्न तेश्रो जिल्ला अधिवेशनबाट थापा अध्यक्षमा चयन भएका हुन् ।
यसैगरि महासंघको उपाध्यक्षमा शेर वहादुर वोटे, सचिवमा प्रकाश श्रेष्ठ, उपसचिवमा लेख वहादुर भुजेल, हरिमाया गुरुङ, विष्णुवीर राना चयन भएका छन् ।
महासंघको सदस्यहरुमा सोम प्रसाद श्रेष्ठ, याम कुमारी भुजेल, लक्ष्मी श्रेष्ठ,सोम वहादुर कुमाल, लोक नारायण श्रेष्ठ, उमा श्रेष्ठ, सन्त वहादुर राना, अकल गुरुङ, चिज कुमार श्रेष्ठ देउ माया थापा, सुर्य थापा, श्याम कुमार श्रेष्ठ, मौसम चेपाङ, खम वहादुर दरै, कृष्ण वहादुर दुरा, वल वहादुर कुमाल, लोक वहादुर गुरुङ, नवराज श्रेष्ठ, तिलक थापा, पदम थापा, उमा कुमाल, ओम कुमारी थापा, श्याम कुमार श्रेष्ठ, हरि काजी थापा, अनिता शाही नेवार, चिज कुमार गुरुङ, जंग पाटा मगर, रित वहादुर थापा, राम वहादुर सारु मगर, पूर्ण वहादुर थापा, केश वहादुर थापा चयन भएका छन् ।
अधिवेशनको नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले उद्घाटन गरेका थिए ।










