आँबुखैरेनीमा तीन वटा खानेपानी योजना, व्यक्तिगत पहलमा धेरै बस्तिमा पानी पुर्‍याएको छु : नेता भट्टर्राई

भञ्ज्याङ न्यूज

तनहुँको आँवुखैरेनी गाउँपालिकाको वडा नं. २ मा तीन वटा खानेपानी योजना उद्घाटन गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराइले उक्त वडाका एक्लेफाट खानेपानी तथा सरसफाइ समितीको योजना, अकला आधारभुत विद्यालय र मार्की चोक खानेपानी योजना, खानिखोला सरसफाइ तथा उपभोक्ता समिति अन्तर्गत योजनाको उद्घाटन गरेका हुन् ।

खानेपानी योजना उद्घाटन गर्दै केन्द्रीय सदस्य भट्टराइले आफु सरकारी पदमा नरहे पनि व्यक्तिगत पहलबाट तनहुँ क्षेत्र नम्बर १ का पानीको अभाव खेपेका ग्रामीण बस्तीमा खानेपानी पुर्‍याउन सफल भएको दाबी गरेका छन् ।

‘धेरै विकास अघि बढे पनि पानीकै अभावमा कोही महिला दिदीबहिनीले सास्ती बेहोर्नु नपरोस् भनि थालिएको अभियानले केही सफलता प्राप्त भएको छ’, उनले भने, ‘ग्रामीण बस्तिका घरघरमा सहज रुपमा खानेपानी पुर्‍याउने आफ्नो अभियान रहेको र यो अभियान पुरा गर्ने मेरो लक्ष्य छ ।’

उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर चितौरेको अध्यक्षतामा आयोजित कार्यक्रममा कांग्रेस जिल्ला सभापति जीतप्रकाश आले, भूमि आयोग अध्यक्ष रामचन्द्र अधिकारी, गाउँपलिका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठ, नेता ध्रुवलाल प्रधान, कांग्रेस उपसभापति देवकुमार श्रेष्ठ, कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल लगायतले आफ्नो पार्टीको नेतृत्वमा भएका विकास निर्माणका कामका चर्चा गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker