कोरोना कहरको चपेटामा परेका फेन्सी व्यवसायीलाई तिहारमा राहत

तनहुँमा फूलखेती थोरै हुँदा तिहारमा फूलको अभाव

  • भञ्ज्याङ समाचारदाता (दमौली)

कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै सरकारले गत चैत्र महिनादेखि लामो समय मुलुक लकडाउन गर्दा सबै क्षेत्र प्रभावित हुन पुग्यो । नेपालीका ठूला चाडपर्वहरु समेत कोरोना कहरको चपेटामा पर्दा कुनै उत्साह र उमंग छाउन सकेन । लामो समय लकडाउन, भाइरस संक्रमणको जोखिम, समुदायमा कोरोना संक्रमण देखिएपछि स्थानयी पालिकाहरुले गर्ने निषेधाज्ञा र लकडाउन जस्ता कारण तनहुँका सम्पूर्ण व्यापार व्यवसाय थलनै परे ।

सहज रुपमा व्यापार व्यवसाय सञ्चालन गर्न नपाउँदा घरभाडा, बैंकको किस्ता तथा आफ्नो दैनिकी कसरी चलाउने भन्ने चिन्तामा पिल्सिएका तनहुँका फेन्सी व्यवसायीहरुलाई भने तिहार पर्वले केही राहत दिएको व्यास नगर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार श्रेष्ठ बताउँछन् ।

‘तीज र दशै पर्वमा समेत व्यवसाय सहज रुपमा सञ्चालन गर्न नपाउँदा निरास बनेका थियौं’, अध्यक्ष श्रेष्ठले भने, ‘स्थानीय पालिकाले पनि स्वास्थ्य मापदण्ड पालना गरी व्यापार व्यवसाय खुल्ला गर्न दियो, दशैं पर्वमा सोचे जस्तो व्यापार नभएपनि तिहारमा भने केही व्यापार हुँदा व्यापारीलाई राहत मिलेको छ ।’

तनहुँका व्यवसायीहरु कोरोना संक्रमण त्रासकै बीच तिहार पर्व सुरु भएसंगै ग्रामीण क्षेत्रबाट मानिसहरु बजार तर्फ आउन थालेपछि फेन्सी व्यवसायीहरुले केही राहतको महशुस गरेको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सचिव दधिराज घिमिरे बताउँछन् । ‘लामो समयको लकडाउनले हाम्रो व्यवसाय धरापमा पर्‍यो’, सचिव घिमिरेले भने, ‘तीज, दशैमा समेत कोरोनाको असरकारका कारण व्यापार हुन सकेन, तिहारमा भने केही व्यापार भएकाले केही राहत मिलेको छ ।’

फूलको अभाव

त्यस्तै, तिहार पर्वका लागि आवश्यक पर्ने फूलको खेती तनहुँमा यस वर्ष कम हुँदा बजारमा फूलको अभाव देखिएको थियो । प्रयाप्त मात्रमा फूल नपाउँदा फूलको राम्रो मूल्य हुँदा पनि बिक्री वितरण गर्न नपाएको दमौलीकी फलफूल व्यवसायी निर्मला परियाले बताइन् । उनले भनिन्, अहिले फूलको राम्रो मूल्य पनि थियो तर, फूलखेती नै कम भएकाले फूलको व्यापार नै गर्न पाइएन् । कोरोना कहरका कारण चार्डपर्व समेत प्रभावित भएकाले यस वर्ष तनहुँमा कृषकहरुले फूलखेती थोरै गरेका थिए । करिब ६० हजार रुपैयाँको लगानिमा दुइ रोपनी क्षेत्रफलमा फूलखेती गरेका शुक्लागण्डकी नगरपालिका-९ का कृषक कोष बहादुर तामाङले राम्रो आम्दानी लिन सफल भएका छन् ।

तनहुँको शुक्लागण्डकी-९ उत्पादित सयपत्री फूल तिहार पर्वमा बजार पठाउन माला बनाउँदै स्थानीय महिलाहरु । तस्विर : भञ्ज्याङ

शुक्ला सुरौदी लाइभ स्टक एग्रोले दुइ रोपनीमा लगाइएको सयपत्री तिहार पर्व सुरु भएसंगै टिपेर माला उन्न कृषकहरु व्यस्थ थिए । उत्पादित फूलको माला बनाएर पोखरा लगायतका बजार क्षेत्रमा बिक्री वितरणका लागि लगेको व्यवस्थापक तामाङ बताउँछन् ।

‘२ रोपनी क्षेत्रफलमा करिब ६० हजार रुपैयाँको लागतमा १५ सय बढि विरुवा रोपिएको थियो’, तामाङले भने, ‘विरुवा सबै सरे अहिले फूल पनि राम्रै फुल्यो, कोरोना कहरका बारण बजार पाउँदैन कि भन्ने चिन्ता थियो तर, अहिले ग्राहक बारीमै आइपुग्दा माग अनुसारको फूल उपलब्ध गराउन सकेनौ ।’ ८ जना युवाले सामुहिक रुपमा व्यवसायिक रुपमा पशुपालन, तरकारी खेती समेत गरिएकोमा अहिले फूल खेतीबाट मात्रै करिब २ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएकोमा त्यो लक्ष्य पुरा हुँदा हामी निकै उत्साहित भएको कृषक तामाङ बताउँछन् । यस वर्ष भारतबाट फूल आयत नहुँदा उपभोक्ताहरु कृषककै फूलबारीमा आएर फूल खरिद गर्दा लक्ष्य भन्दा बढि आम्दानी लिन सफल भएपनि उपभोक्ताको माग पुराना गर्न नसकेकोमा कृषक चिन्तित छन् ।

कोरोना कहरकै बीच नेपालीका ठूला र महत्वपूर्ण चार्डपर्वहरु तीज, बडादशै तथा तिहार पर्व सम्पन्न भएका छन् । र्सवसाधारणले बिगतका वर्षहरुमा जस्तो उल्लास र उमंगका साथ यस वर्ष चाडपर्वहरु मनाउन सकेनन् । तिहार पर्वका अवसरमा घरघरमा झिलिमिली बत्ती बालेर घरको दैलोमा रंगोली बनाएपनि जो जहाँ जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा र्सवसाधारणले चार्डपर्वहरु मनाएप्नि कुनै उत्साह र उमंग भने देखिएन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker