तनहुँमा आयुर्वेद उपचार तर्फ आकर्षण बढ्दो

भञ्ज्याङ न्यूज

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।

उक्त केन्द्रले समय-समयमा स्थानीय तहका ग्रामीण क्षेत्रका बासिन्दालाई निःशुल्क स्वास्थ्य शिविरमार्फ सेवा दिँदै आएको केन्द्रका प्रमुख डा रामप्रवोध मण्डलले बताए । उनका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा झण्डै ६५ हजार मानिसले उपचार सेवा लिइएका छन् ।

स्वर बसेका, श्वासप्रश्वास सम्बन्धी समस्या भएका, दम, बाथ, हाडजोर्नी, ग्याष्ट्रिक, प्रसूति, बमनथेरापी लगायत सेवा लिन अहिले पनि स्वास्थ्य केन्द्रमा भीड नै लाग्ने गरेको छ । आव २०७७/०७८ मा ५५ हजार ८४२ जनाले उपचार लिएको सो कार्यालयले जनाएको छ ।

त्यसैगरी २०७६/०७७ मा ३८ हजार ५८५ जनाले स्वास्थ्योपचार सेवा लिएका थिए । उक्त केन्द्रमा पञ्चकर्म र क्षारसूत्र विधिबाट विभिन्न रोगको सफल उपचार गरेपछि मानिसको आयुर्वेदिक उपचारतर्फआकर्षण बढ्दै गएको केन्द्रका प्रमुख डा मण्डलले बताए । केन्द्रमा सेवा लिन तनहुँ, छिमेकी जिल्ला गोरखा, लमजुङका केही क्षेत्रका मानिससमेत आउने गरेका छन् ।

आयुर्वेदिक पद्धतिबाट उपचार गर्दा कुनै असर नगर्ने भएकाले पछिल्लो समय मानिसको यसतर्फआकर्षा बढ्दै गएको उनले बताए।

एलोप्याथिक विधिबाट लामो समय उपचार गरेर थकित भएका व्यक्ति पनि आयुर्वेदिक उपचारमा आउने गरेका छन् । सो केन्द्रले प्यारालाइसिस, बाथ, जोर्नीका समस्या भएका बिरामीलाई लक्षित गरी फिजियोथेरापीका लागि मेसिन ल्याइसकेको जनाएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा फिजियोथेरापी मेसिन ल्याइएकाले छिट्टै सञ्चालन गरी सेवा दिने लक्ष्य रहेको डा मण्डलले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker