तमु भाषा कक्षाका लागि अक्षय कोष स्थापना

भञ्ज्याङ समाचारदाता/दमौली

तमू (गुरुङ)हरुको साझा एवं छाता संस्था तमू हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमू (गुरुङ) मातृभाषा कक्षा सञ्चालन कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना गरेको छ । पुस्तान्तरसँगै भाषा लोप हुँदै गएको भन्दै देशभर रहेका तमू (गुरुङ) समुदायलाई आफ्नो मातृभाषा सिकाउने उद्देश्यले परिषद्ले ‘तमू (गुरुङ) मातृभाषा कक्षा सञ्चालन अक्षयकोष-२०२१’ को स्थापना गरेको हो ।

कोष स्थापनाको लागि मुख्य दाताको रुपमा तमू (गुरुङ)हरुको भाषा, लिपि, धर्म, कला, संस्कृति, संस्कार, परम्परा आदीको अध्ययन अनुसन्धान गर्न र सोको संरक्षण, सम्वर्द्धन र विकाश गर्ने उद्देश्यले २०१८ सालमा कोरियामा स्थापना भएको तमू धीं ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाले ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त रकम शानिबार जुम मार्फ एक कार्यक्रमको आयोजना गरी कोषका मुख्यदाता तमू धीं ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाले तमू हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्लाई हस्तान्तरण गरेको परिषद्का केन्द्रीय अध्यक्ष रेशम गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार परिषद्ले उक्त अक्षयकोष मूल धन खर्च नहुने गरि प्राप्त आम्दानीबाट देशका विभिन्न तमू गाउँहरुमा आवश्यकता अनुसार तमू (गुरुङ) मातृभाषा कक्षा संचालन गरिनेछ । यसैबिच अक्षयकोष संचालनका लागि तमू हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् र तमू धीं ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरिया बिच एक सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । हस्ताक्षर पत्रमा परिषद्का अध्यक्ष रेशम गुरुङ र तमू धीं ख्यङ्गसाङ्गनाम्दोका अध्यक्ष अनिस गुरुङले हस्ताक्षर गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker