बाँझिएको पाखोबारीमा सुन्तला खेती

तनहुँको ऋषिङ गाउँपालिका–८ को अर्चलेका कृषकहरुले बाँझिएको पाखोबारीमा सुन्तलाका विरुवा रोप्नका लागि खाल्डो खन्दै ।

बसाईसराईका कारण बाँझिएको पाखोबारीमा अर्चले कृषक समूह गठन गरी बाँझो रहेको बारीमा सामुहिक रुपमा यस बर्ष १ हजार ५०० वटा सुन्तलाको विरूवा रोप्ने तयारी गरिएको छ ।

कृषक समुहले अर्को वर्ष खेती विस्तार गरी थप १ हजार ५०० विरुवा रोप्ने योजना बनाएका छन् ।

तस्विर : भञ्ज्याङ










