पत्रकार न्यौपानेलाई पितृशोक

दमौली : राष्ट्रिय समाचार समिति (रासस)का दमौली प्रतिनिधि तथा खबरपुञ्ज डट कमका कार्यकारी सम्पादक कृष्ण न्यौपानेलाई पितृशोक परेको छ ।
उनका बुबा रामचन्द्र न्यौपानेको ५६ वर्षको उमेरमा आज बिहान आफ्नै निवासमा निधन भएको हो ।
यही पुस १७ गते राति खाटबाट लड्दा टाउकोमा चोट लागेर घाइते भएका उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय न्यौपानेको सेतीमादी नदीस्थित दमौलीघाटमा आज दाहसंस्कार गरिदै छ ।
स्वर्गीय न्यौपानेकी श्रीमती, एक छोरा र एक छोरी छन् ।










