भोलि लुम्बिनीमा र पर्सि कोशीमा तीव्र हावाहुरी चल्ने, सतर्कता अपनाउन अपिल

काठमाडौं । यही चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हावाहुरीबाट रुख ढल्ने, कमजोर संरचना उडाउने वा विद्युत तथा सञ्चार सेवा प्रभावित हुने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागले आज दिउँसो सार्वजनिक गरेको सूचनामा उल्लेख भएअनुसार चैत ६ गते शुक्रबार दाङ र नेपालगञ्जसहितका लुम्बिनी प्रदेशका तराई क्षेत्रका जिल्लाहरुमा हावाहुरी चल्ने सम्भावना छ ।

यसैगरी चैत ७ गते शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा हावाहुरी चल्ने प्रक्षेपण छ । हावाहुरीको वेग ३३ मिटर प्रतिसेकेण्ड वा करिब ११९ किलोमिटर प्रतिघण्टाको हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

‘यसकारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्छ । त्यसैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागले भनेको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker