तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पोखराबाट काठमाडौतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोडा गाडीले डिभाइडर नाघेर आफ्नै लेनबाट जाँदै गरेको ग१९प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए।
गाडीको ठक्करबाट घाइतेमध्ये एक जनाको पोखरामा र अर्का घाइतेको तनहुँ सेवा अस्पताल दुलेगौडामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तनहुँ सेवा अस्पतालमा मृत्यु हुने स्कुटर चालक हुन् भने पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु हुने सवार रहेको प्रहरीले जनाएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










