तनहुँको डुम्रेमा २५ जनाले रक्तादान गरे

- भञ्ज्याङ समाचारदाता (डुम्रे)
तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । लायन्स क्लव अफ तनहुँ डुम्रेले आयोजना गरेको उक्त रक्तदान कार्यक्रमको बन्दीपुर-१ का वडाअध्यक्ष भानुभक्त पोख्रेलले शुभारम्भ गरेका थिए ।
रक्तदान शुभारम्भ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापा, क्लवका कृष्ण शर्मा, रक्त सञ्चार प्रमुख अर्जुन ज्ञवाली, प्रहरी चौकी डुम्रेका प्रमुख प्रकाश भुसाल, डुम्रे टोल विकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ, क्लवका सदस्य ऋषिराम अधिकारी, क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशी, तनहुँ उद्योग वाणिज्य संघ डुम्रेबजार इकाइका अध्यक्ष नेक महम्मद मिया, विमल नगर इकाइका सभापति गणेश तिवारी, नेपाली कांग्रेस बन्दिपुरका सभापति कर्ण खत्री लगायतको सहभागिता रहेको थियो ।

लायन्स क्लब अफ तनहुँ डुम्रेका अध्यक्ष वैश बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा २५ जनाले रक्तदान गरेको लायन्स क्लबका पूर्व अध्यक्ष सरिता पियाले बताए । कोभिड-१९ संक्रमणको विषम् परिस्थितिमा पनि सबैले महान् कार्य रक्तदान जीवनदान कार्यक्रममा सहभागी भएका सम्पूर्णलाई क्लबले धन्यवाद ज्ञापन गरेको सचिव रिता तिवारीले जानकारी गराइन् ।











