तनहुँको भानुमा मोटरसाइकलले ठक्कर दिंदा एक बालकको मृत्यु
तनहुँमा शनिबार मोटरसाइकलले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ । गण्डकी प्रदेश प्रहरीका अनुसार भानु नगरपालिका-५ पञ्चनगर स्थित डुम्रे चन्द्रावती भित्रि सडक खण्डमा मोटरसाइकलले ठक्कर दिंदा एक बालकको मृत्यु भएके हो ।
चन्द्रावतीबाट डुम्रे तर्फआउँदै गरेको बा७०प ६९०१ नम्बरको मोटरर्साईकलले पैदलयात्री बाङ्गेरुवा बस्ने राजु सिमखडाको छोरा वर्ष८ को आईज्याक सिमखडालाई ठक्कर दिएको थियो । ठक्करबाट टाउकोमा गम्भिर चोट लागेको र उपचारका लागि पुरानो मेडिकल कलेज भतरपुर चितवन पठइएकोमा शनिबार दिउँसो डाक्टरले मृत घोषणा गरेका गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।










