मुग्लिङ-पोखरा सडक विस्तार : जामुने-कोत्रेपुलसम्म बाइस सय रुख कटान

भञ्ज्याङ न्यूज

मुग्लिङ पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा रुख कटान कार्यलाई तीब्रता दिइएको छ । पृथ्वीराजमार्ग सडक खण्ड अर्न्तर्गत तनहुँको जामुनेदेखि कोत्रेपुलसम्म दुइ हजार दुइ सय रूख कटान गरिएको छ । म्याग्दे गाउँपालिकाको जामुनेदेखि जिल्लाको पश्चिम नाका शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्म सडकका दायाँबायाँ रहेका रूख कटान गरिएको हो।

जामुनेदेखि पोखरासम्मको खण्डमा तीन हजार एक ६३ रुख कटान गर्नुपर्ने हुन्छ । पृथ्वीराजमार्गको सडक विस्तार गर्ने क्रममा सडक सिमा भित्र रहेका रूख कटान गरेर हटाइएको सुपर भिजन कन्सल्टेन्सका एसिस्टेन्ड रेजिडेन्ट इन्जिनियर मोहन केसीले बताए । करिब १२ रूख कटान गर्न बाँकी रहेका उनले बताए । उनले भने, ‘बिजुलीको हाइटेन्सनका कारण उक्त रूख कटान गर्ने कार्य रोकिएको हो । राजमार्गको कास्की खण्डमा पूरै रूख कटान गर्न बाँकी रहेको छ ।’

‘वन कार्यालयसँग सम्झौता गरिसकिएकाले केही दिनभित्रै कास्की खण्डमा पनि रुख कटान कार्य अगाडि बढ्छ’, उनले भने, ‘शुक्लागण्डकीको गाछेपानीदेखि थर्पुबजारसम्म स-साना खाल्डाखुल्डी पुर्ने र नाला सफाइ गर्ने कार्य भएको छ । मर्मतसम्भार अन्तर्गत गाछेपानीदेखि कोत्रेपुलसम्म कालोपत्र गर्ने तयारी भइरहेको छ।’

यस्तै, मुग्लिङ पोखरा सडक चार लेन बनाउने योजना अर्न्तर्गत सडक क्षेत्रभित्र पर्ने रुख हटाउने कार्य अन्तिमचरणमा पुगेको मुग्लिङ पोखरा सडक योजना -पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी गराए। ‘पूर्वी खण्ड अन्तर्गत जामुनेदेखि आँबुखैरेनीसम्म रुख काट्ने काम अन्तिम अवस्थामा पुगेको छ’, उनले भने, ‘रुख कटानसंगै अन्य कामलाई पनि अगाडी बढाउँदै लगिएको र बाटो चौडा गर्ने कामलाई पनि अगाडी बढाइरहेको छ । रुख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन सुरु गरिने छ ।’

सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रुख हटाउनुपर्ने हुन्छ । सडक आयोजनाले रुख काटेर वन कार्यालयलाई बुझाउने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले बताए। सो सडक विस्तार योजनालाई दुइ खण्डमा विभाजन गरेर अगाडी बढाइएको छ । जामुनेदेखि आँबुखैरेनीसम्म र जामुनेदेखि पोखरासम्म खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक -एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुइ खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ। आँबुखैरेनी-जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। जामुने-पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ। आँबुखैरेनी-जामुने पूर्वी खण्डका लागि ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का लागेको छ ।

मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने-पोखरा) खण्डको ठेक्का पाएको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यस खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लागेको छ । चार लेनको बन्दा सडक सीमा दुइतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौर्डाई ४६ मिटरको हुने बताइएको छ ।

सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछ। आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ। ३१ मध्ये दमौलीस्थित मादी नदी र पोखरास्थिती सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको छ । अन्य २९ पुल दुइ प्याकेजमा लगाइएको ठेक्का अर्न्तर्गत नै निर्माण हुने आयोजनाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker